Premier Cables
Premier Steel

खेलकुद विराटनगर

एनपिएलमा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर किङ्स ८ रनले पराजित

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक ११, २०८३  | साँझ ४:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै अलआउट भयो । पराजयसँगै विराटनगरले प्रतियोगिताको सुरुआत हारबाट गरेको छ ।

विज्ञापन

विराटनगरका लागि इमरान शेखले सर्वाधिक ३९ रन बनाए । उनले ३१ बलमा ४ चौका र २ छक्का प्रहार गरे । यस्तै, आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै १७ बलमा ४ छक्का र १ चौकासहित ३३ रन जोडे ।

लोकेश बमले २६, एन्जेलो म्याथ्युजले १४, बसिर अहमदले १३ र शुभम रञ्जनेले १० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

चितवनको जितमा कमल सिंह ऐरीले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । रिजन ढकालले २ विकेट लिँदा टम टेलर, मौसम ढकाल, ड्यान मोस्ली र रञ्जित कुमारले समान १ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका ओपनर डेविड मलानले अर्धशतकीय पारी खेल्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याए ।

मलानले ५० बलमा ५ चौका र ५ छक्काको मद्दतमा ७० रन बनाए । कप्तान रवि बोपारा ३२ रनमा अविजित रहे भने ड्यान मोस्लीले २९ रन जोडे । देव खनालले १२ रन बनाए ।

विराटनगरका लागि एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असालंकाले समान १–१ विकेट लिए ।

एनपिएलमा मंगलबार नै दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुँदैछन् । यी दुई टोलीबीचको खेल अपराह्न ५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको जारी संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । एनपिएल मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka