Premier Cables
Premier Steel

राजनीति

सांसद खगेन्द्र सुनारमाथि छानबिन गर्न रास्वपाको निर्देशन, कार्यक्रममा सहभागी हुन रोक

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २७, २०८३  | बिहान ९:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद खगेन्द्र सुनारसँग सम्बन्धित विषयमा तत्काल छानबिन प्रक्रिया अघि बढाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको छ।

सुनारका विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उठेका विभिन्न प्रश्नप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको रास्वपाले जनाएको छ।

विज्ञापन

पार्टीले महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी विषयलाई गम्भीर र संवेदनशील रूपमा लिएको जनाएको छ।

विज्ञप्ति जारी गर्दै रास्वपाले विधिको शासन, सुशासन र नागरिकप्रतिको जवाफदेहितामा प्रतिबद्ध पार्टीका रूपमा आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारेको छ।

त्यस्तै, दुर्व्यवहार, पदीय मर्यादाको उल्लंघन तथा फौजदारी कसुरसँग सम्बन्धित विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको पनि रास्वपाले जनाएको छ।

छानबिन प्रक्रियालाई प्रभावित हुन नदिन र पदीय नैतिकता कायम राख्न सुनारलाई अनुसन्धान निष्कर्षमा नपुग्दासम्म सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको पार्टीले जनाएको छ।

यसैबीच, घटनासम्बन्धी विषयमा राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने रास्वपाले विश्वास व्यक्त गरेको छ। अनुसन्धान प्रक्रियामा पार्टीका तर्फबाट पूर्ण सहयोग रहने पनि विज्ञप्तिमा उल्लेख छ।

पार्टीले छानबिनबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka