Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

पाकिस्तानको खैबर पख्तुनख्वामा पीटीआईका शीर्ष नेता हिरासतमा, संकटकाल लागू

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २७, २०८३  | बिहान ९:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई)का शीर्ष नेताहरूलाई हिरासतमा लिइएको छ। प्रान्तीय सरकार निलम्बन गर्दै संकटकाल लागू गरिएपछि उनीहरूमाथि कारबाही गरिएको हो।

पाकिस्तान सरकारले आइतबार राष्ट्रपतिमार्फत अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वामा संकटकाल घोषणा गरेको थियो। त्यससँगै सोहेल अफ्रिदी नेतृत्वको प्रान्तीय सरकार पनि बर्खास्त गरिएको जनाइएको छ।

विज्ञापन

इस्लामाबादले प्रान्तमा बढ्दो इस्लामिक अतिवाद नियन्त्रण गर्न प्रादेशिक सरकार असफल भएको आरोप लगाउँदै संकटकाल लागू गर्ने निर्णय गरेको जनाएको छ।

तर, पीटीआईले सरकारको उक्त दाबी अस्वीकार गरेको छ। पार्टीले पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै राजधानी इस्लामाबादतर्फ निकाल्ने तयारी गरिएको विरोध मार्च रोक्न तथा आफ्ना समर्थकलाई त्रसित पार्न संकटकाल लगाइएको आरोप लगाएको छ।

पाकिस्तानमा केन्द्र सरकार र पीटीआईबीचको राजनीतिक तनावका बीच खैबर पख्तुनख्वामा गरिएको पछिल्लो कदमले थप विवाद उत्पन्न गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka