Premier Cables

अपराध विराटनगर

जहदाबाट २ सय १० किलो गाँजा बरामद

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २०, २०८३  | अपराह्न १२:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २ सय १० किलो गाँजा बरामद गरेको छ।

सोमबार राति जहदा गाउँपालिका १ नयाँ बस्ती नजिकैको धानबारीमा कालो प्लास्टिकमा प्याक गरेर लुकाइराखिएको अवस्थामा गाँजा बरामद गरिएको हो।

विज्ञापन

सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गण हेडक्वार्टर कंकालिनी मोरङ र बीओपी जहदाबाट खटिएको संयुक्त टोलीले धानबारीमा बेवारिसे अवस्थामा रहेको गाँजा फेला पारेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए।

प्रहरीका अनुसार बरामद गाँजा २ सय १० किलो रहेको छ। गाँजा कसले लुकाएर राखेको थियो भन्नेबारे भने हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka