Premier Cables

राजनीति

प्रचण्डद्वारा गगन थापालाई बधाई, ‘कांग्रेसलाई नयाँ इतिहासतर्फ डोहोर्याउनु भयो’

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १८, २०८३  | साँझ ५:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापालाई पार्टीमा परिवर्तनको नयाँ अध्याय सुरु गरेको भन्दै बधाई दिएका छन्।

काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले थापाले कांग्रेसभित्रको परम्परागत निरन्तरतामा क्रमभंग गर्दै पार्टीलाई नयाँ इतिहासतर्फ अघि बढाएको बताए।

विज्ञापन

‘कांग्रेसमा निरन्तरताको क्रम भंग गर्दै कांग्रेसलाई नयाँ इतिहासमा डोहो¥याउनुभएकोमा गगन थापालाई बधाई,’ प्रचण्डले भने।

उनले कांग्रेसभित्र रूपान्तरणको पक्षमा भूमिका निर्वाह गर्ने नेता तथा महाधिवेशन प्रतिनिधिहरूप्रति समेत धन्यवाद व्यक्त गरे। प्रचण्डले कांग्रेसमा देखिएको परिवर्तनलाई लोकतान्त्रिक राजनीतिक अभ्यासमा महत्वपूर्ण कदमका रूपमा उल्लेख गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka