Premier Cables

राष्ट्रिय

चोलेन्द्रलाई भेट्न मानव अधिकार आयोगको टोली टेकुमा

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ११, २०८३  | अपराह्न १:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली अपराध अनुसन्धान कार्यालय, टेकु पुगेको छ ।

गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट जबरालाई पक्राउ गरी टेकुस्थित कार्यालयमा ल्याएको थियो । उनलाई कार्यालयमा राखिएको विषयमा जानकारी लिन तथा भेट्न मानव अधिकार आयोगको टोली टेकु पुगेको हो ।

विज्ञापन

आयोगको टोलीलाई कार्यालयका सुरक्षाकर्मीले केही समय गेटमै रोकेर राखेका थिए । करिब आधा घण्टासम्म टोलीले प्रवेशको अनुमति पाउन प्रतीक्षा गरेको जनाइएको छ ।

अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले जबरालाई ‘सुरक्षा थ्रेट’ देखिएपछि कार्यालयमा ल्याएर राखिएको बताएका छन् ।

पूर्वप्रधानन्यायाधीश तथा अवकाशप्राप्त नागरिकलाई पक्राउ गर्दा प्रहरीले अपनाएको शैलीबारे भने प्रश्न उठ्न थालेका छन् । जबरालाई कुन कसुरमा र के आधारमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले हालसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।

पक्राउको कानुनी आधार र घटनाबारे सम्बन्धित सरकारी निकायबाट पनि स्पष्ट आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka