Premier Cables

राष्ट्रिय

मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ११, २०८३  | अपराह्न १:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार नाम्सी खोलाको पुलमाथि खसेको लेदोसहितको पहिरो पन्छाउने काम सकिएपछि आइतबार मध्याह्न १२ः१० बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

विज्ञापन

हाल पोखरातर्फ जाने सवारीसाधनलाई मात्र आवागमन गर्न दिइएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

अविरल वर्षाका कारण आइतबार बिहान नाम्सी खोलाको पुलमाथि लेदोसहितको पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको थियो । पहिरोका कारण सडकमा सवारीसाधनको आवागमन रोकिएको थियो ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka