Premier Cables
Premier Steel

राष्ट्रिय

बीपी राजमार्गमा राति गाडी चलाउन बन्द

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ३२, २०८२  | बिहान ७:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काभ्रे । आज देखि लागू हुने गरी बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा रातिको समयमा १२ घण्टासम्म सवारी आवागमनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय धुलिखेलमा बसेको सुरक्षा समिति बैठकले काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको नेपालथोक सीमासम्मको सडकखण्डमा सवारी आवागमन रोक्ने निर्णय गरेको हो। उक्त निर्णय अनुसार साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिनासम्म सवारी चलाउन पाईने छैन । यस अघि असार ४ मा र २२ गते १ महिनाका लागी भन्दै प्रशासनले साझ ६:३० देखि विहान ५ बजे सम्म निजि तथा सार्वजनिक यातायात सन्चालनमा रोक लगाएको थियो ।

बिज्ञापन

प्रशासनले हाल मनसुन सक्रिय रहेकाले पहिरो, कटानजस्ता सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै यात्रुको सुरक्षा तथा जोखिम न्यूनीकरण गर्न यो निर्णय गरिएको जनाएको छ।

निर्णयको कार्यान्वयन भएसँगै यात्रु र सवारी चालकहरूलाई वैकल्पिक व्यवस्था मिलाउन तथा प्रशासनले तोकेको समयसीमामा यात्रा नगर्न अनुरोध गरिएको छ।यता ट्राफिक प्रहरी कार्यलयले राजमार्ग हुँदै यात्रा गर्दा राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न सवारी चालक र यात्रुमा अनुरोध समेत गर्दै आएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka