Premier Cables

कोशी प्रदेश

कांग्रेस बराहक्षेत्र नगर सभापतिमा रोशन खड्का विजयी

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०८, २०८३  | बिहान १०:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बराहक्षेत्र । नेपाली कांग्रेस बराहक्षेत्र नगर कार्यसमितिको सभापतिमा रोशन खड्का निर्वाचित भएका छन्। नेपाली कांग्रेसको १५औँ नगर महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा खड्का ३५ मतको अन्तरले विजयी भएका हुन्।

कुल ४१६ मतदाता रहेको निर्वाचनमा ४१३ मत खसेको थियो। अन्तिम मतपरिणामअनुसार खड्काले २२० मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित भए।

विज्ञापन

उनका प्रतिस्पर्धी तेजबहादुर गुरुङले १८५ मत प्राप्त गरे। खड्काले गुरुङलाई ३५ मतले पछि पार्दै नगर सभापतिको जिम्मेवारी हात पारेका हुन्।

मतगणना सम्पन्न भएसँगै निर्वाचन समितिले खड्कालाई विजयी घोषणा गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka