Premier Cables

समाचार

भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज ०६, २०८३  | साँझ ५:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सर्वोच्च अदालतले भरत दाहाललाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन सरकारका नाममा आदेश जारी गरेको छ।

न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न तथा उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

विज्ञापन

दाहाललाई गत आइतबार मोरङको बेलबारीबाट प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि उनकी छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्।

भूराजनीतिक विषयवस्तु तथा त्यसमा उच्चपदस्थ राजनीतिक व्यक्तिहरूको संलग्नताबारे विवादास्पद दाबी गरिएको उनको अन्तर्वार्ता सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएपछि दाहाल पक्राउ परेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka