Premier Cables
Premier Steel

समाचार

विराटनगरमा चोरी प्रयासका क्रममा तेस्रो तलाबाट हाम्फाल्दा मृत्यु

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र १४, २०८३  | बिहान १०:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिका–४ गणेश चोकमा मध्यरात चोरी गर्ने क्रममा घरको तेस्रो तलाबाट हाम्फाल्दा एक पुरुषको मृत्यु भएको छ। पुरुषोत्तम न्यौपानेको घरमा चोरी गर्न पुगेका अन्दाजी ३५ देखि ४० वर्षका पुरुषको घटनास्थलमै ज्यान गएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ती व्यक्ति सुरुमा छिमेकीको घरबाट चढेर न्यौपानेको घरको तेस्रो तलामा पुगेका थिए। तेस्रो तलामा मानिस देखिएपछि घरधनीले थाहा पाएर होहल्ला गरेका थिए। होहल्ला सुनेर वरपरका छरछिमेकी भेला हुन थालेपछि उनी भाग्ने क्रममा तेस्रो तलाबाट तल हाम्फालेका थिए।

बिज्ञापन

हाम्फाल्दा गम्भीर घाइते भएका उनको आइतबार बिहान राति १२:२० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।

मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन। डीएसपी श्रेष्ठ नेतृत्वको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बिहान राति २ बजे कोशी अस्पताल पठाएको छ। प्रहरीले मृतकको पहिचान खुलाउने प्रयासका साथै घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बाढीपीडितलाई होल्डिङ सेन्टरबाट राहत, नदी पारिका क्षेत्रमा वितरण चुनौती

Clock Iconआइतबार, भाद्र १४, २०८३

बाढी–पहिरो प्रभावितका लागि ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

बाढी–पहिरो प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

रसुवा बाढीपीडितका लागि शारदा र जाजु ग्रुपले ६० लाख बराबरको राहत

Clock Iconबिहिबार, भाद्र ११, २०८३

लेन्दे खोलाको बाढीले रसुवा नाकामा ठूलो क्षति, दुईवटा बजार तहसनहस

Clock Iconबुधबार, भाद्र १०, २०८३

भारतीय क्लेयरिङ एजेन्टको आन्दोलन फिर्ता: ५०० भन्दा बढी मालवाहक लरी नेपाल भित्रिने

Clock Iconमंगलबार, भाद्र ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka