Premier Cables
Premier Steel

समाचार

विराटनगरमा चोरी प्रयासका क्रममा तेस्रो तलाबाट हाम्फाल्दा मृत्यु

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र १४, २०८३  | बिहान १०:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिका–४ गणेश चोकमा मध्यरात चोरी गर्ने क्रममा घरको तेस्रो तलाबाट हाम्फाल्दा एक पुरुषको मृत्यु भएको छ। पुरुषोत्तम न्यौपानेको घरमा चोरी गर्न पुगेका अन्दाजी ३५ देखि ४० वर्षका पुरुषको घटनास्थलमै ज्यान गएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ती व्यक्ति सुरुमा छिमेकीको घरबाट चढेर न्यौपानेको घरको तेस्रो तलामा पुगेका थिए। तेस्रो तलामा मानिस देखिएपछि घरधनीले थाहा पाएर होहल्ला गरेका थिए। होहल्ला सुनेर वरपरका छरछिमेकी भेला हुन थालेपछि उनी भाग्ने क्रममा तेस्रो तलाबाट तल हाम्फालेका थिए।

विज्ञापन

हाम्फाल्दा गम्भीर घाइते भएका उनको आइतबार बिहान राति १२:२० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।

मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन। डीएसपी श्रेष्ठ नेतृत्वको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बिहान राति २ बजे कोशी अस्पताल पठाएको छ। प्रहरीले मृतकको पहिचान खुलाउने प्रयासका साथै घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka