Premier Cables
Premier Steel

राष्ट्रिय

ग्रेन्डर मेसिनले रांगा काट्न खोज्दै थिए, आफ्नै खुट्टा काटिएर मृत्यु

Calendar मंगलबार, असोज १४, २०८२  | बिहान १०:५५ बजे

बिर्तामोड । ग्रेन्डर मेसिनले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिज्ञापन

सोमबार (असोज १३) साँझ परियारले आफ्नो घरमा राँगा काट्ने तयारी गरेका थिए । तर, अचानक आफ्नै बायाँ खुट्टा ग्रेन्डरमा परेपछि उनी घाइते भएका थिए ।

घाइते परियारलाई उपचारका निम्ति तत्काल बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजमा ल्याइएको थियो । तर, अत्यधिक रक्तश्रावका कारण गए राति उनको मृत्यु भएको प्रहरी नायब निरीक्षक चन्द्रकुमारी चेम्जोङले जानकारी दिइन्

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka