Premier Cables
Premier Steel

अपराध

बेलबारीमा खानामा बुहारीले विष हालेर दिएको आरोप, एक जनाको मृत्यु

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर २२, २०८२  | बिहान ८:०१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङको बेलबारी नगरपालिका-२ सिंहदेवी टोलमा बुहारीले खानामा विष मिसाएको खाना दिंदा एक वृद्धाको मृत्यु भएको आरोप लागेको छ ।

घटनामा ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको छ। विषयुक्त खाना खाएका ७० वर्षीय उनका श्रीमान् भक्तबहादुर राई गम्भीर अवस्थामा उपचाररत छन्।

बिज्ञापन

प्रहरीका अनुसार निबार दिउँसो भक्तबहादुर राई घर नजिकैको खोल्सामा बेहोस अवस्थामा फेला परेपछि स्थानीयले उद्धार गरी घर ल्याएका थिए।

घरमा उनकी श्रीमती इन्द्रमाया पनि बेहोस फेला परेपछि दुवैलाई उपचारका लागि नोबेल मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा राति इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानमा उनीहरूले खाएको भोजनमा विष मिसिएको खुलेको प्रहरीको दाबी छ। घटनास्थल नजिकैको खोरमा तीन वटा कुखुरा मृत फेला परेपछि पनि विष सेवनको आशंका बढेको स्थानीयले बताएका छन्।

उक्त घटना संग्लनको आरोपमा ३२ वर्षीया भतिजी बुहारी सुनीता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सुनीताले खानामा विष मिसाएको र प्रयोग गरिएको विषको बट्टा अँगेनामा जलाएको स्वीकार गरेको बयान दिएको जनाएको छ। जलेको अवस्थामै बट्टा बरामद गरिएको बताइएको छ।

प्रहरीका अनुसार प्रयोग भएको विषको प्रकार र घटनाको कारणबारे निश्चित निष्कर्ष पोस्टमार्टम, फरेन्सिक तथा प्रयोगशाला रिपोर्ट आएपछि मात्र स्पष्ट हुने छ। सुनीतामाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरि म्याद थपेर थप अनुसन्धान अघि बढाइएको छ।

घटनाको बेला वृद्ध दम्पतीसँगै बस्ने भतिजो प्रशान राई घरबाहिर भएको र घटना पारिवारिक कलहका कारण हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

घटनापछि स्थानीयमा सनसनी फैलिएको छ। उनीहरूले निष्पक्ष र व्यापक अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा प्रहरीले घटनास्थल तथा सम्बन्धित सामग्रीको विस्तृत परीक्षण जारी राखेको जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka