Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङमा आठ महिनामा कारागार र प्रहरी हिरासतमा रहेका आठ जनाको मृत्यु

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र १५, २०८२  | अपराह्न १२:११ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङ जिल्लामा पछिल्ला आठ महिनाको अवधिमा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु भएको छ।

मानव अधिकार क्षेत्रमा क्रियाशील संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्यांकअनुसार मृतकमध्ये सात जना पुरुष र एक जना महिला रहेका छन्।

बिज्ञापन

मृतकहरूमध्ये एक जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा भएको हो भने बाँकी सात जनाको मृत्यु मोरङ कारागारमा भएको हो। सबैभन्दा पछिल्लो घटना ०८२ साल भदौ ११ गते मोरङ कारागारको महिला सेलमा भएको हो।

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ निवासी ३२ वर्षीया राधिका भट्टराईले महिला सेलमा रहेको शौचालयमा पासो लगाएर आत्महत्या गरेकी थिइन्। यससँगै आठ महिनाको अवधिमा राज्यको नियन्त्रणमा रहेका व्यक्तिको मृत्य संख्या आठ पुगेको हो।

यसअघिका घटनाहरूमा मोरङ कारागारमै वेलवारी नगरपालिका–४ निवासी ६७ वर्षीय अम्बरबहादुर राईको मृत्यु ०८१ पुस २० गते भएको थियो। त्यसयता कारागारमा थप छ जनाको मृत्यु भइसकेको छ।

मृतकहरूको विवरण निम्नानुसार छ:

जेठा भनिने जितबहादुर देवान, ३८ वर्ष, पथरीशनिश्चरे–४, मृत्यु: ०८१ फागुन २९

मित्रकुमार दनुवार, ४३ वर्ष, उर्लाबारी-१, मृत्यु: ०८२ वैशाख १५

प्रविण तामाङ, ५४ वर्ष, दोरम्बाशैलुङ–२, रामेछाप, मृत्यु: ०८२ वैशाख २९

उमेश दर्जी, २४ वर्ष, सुनवर्षी–२, मृत्यु: ०८२ असार १०

सन्तोष पाल, ४० वर्ष, विराटनगर–५, मृत्यु: ०८२ असार २५

त्यस्तै, झापा दमक नगरपालिका–१ निवासी २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको मृत्यु ०८२ जेठ २० गते जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा भएको हो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka