Premier Cables
Premier Steel

अपराध

विराटनगरमा धान खेतमा बोराभित्र सालनालसहित नवजात शिशु, रोएको आवाजले जोगियो नाबालकको ज्यान

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र १३, २०८३  | साँझ ६:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा धान खेतमा सालनालसहितको नवजात शिशु फेला परेको छ। विराटनगर महानगरपालिका ४ इक्राही नहरस्थित धान खेतमा सेतो प्लास्टिकको बोराभित्र राखिएको अवस्थामा नवजात शिशु (छोरा) फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार बिहान करिब ९ः४० बजे स्थानीयवासीले धान खेतबाट बच्चा रोएको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी चौकी बरगाछीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

विज्ञापन

स्थानीयवासीको सहयोगमा प्रहरीले बोराभित्र रहेका नवजात शिशुको उद्धार गरी उपचारका लागि नोबेल अस्पताल विराटनगर ल्याएको छ । अस्पतालमा उपचाररत शिशुको अवस्था हाल सामान्य तथा स्वस्थ रहेको जिल्ला प्रहरी कार्यलयले  जनाएको छ।

जन्मिएको केही समयमै बोराभित्र राखेर धान खेतमा छाडिएको घटनाले मानवता र संवेदनामाथि गम्भीर प्रश्न उठाएको छ। तर, समयमै स्थानीयवासीले बच्चा रोएको आवाज सुनेर प्रहरीलाई खबर गरेपछि भने नवजात शिशुको ज्यान जोगिएको छ।

घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङबाट SOCO सहितको प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। शिशुलाई खेतमा कसले र किन छाडेको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka