Premier Cables
Premier Steel

अपराध

विराटनगरमा धान खेतमा बोराभित्र सालनालसहित नवजात शिशु, रोएको आवाजले जोगियो नाबालकको ज्यान

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र १३, २०८३  | साँझ ६:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा धान खेतमा सालनालसहितको नवजात शिशु फेला परेको छ। विराटनगर महानगरपालिका ४ इक्राही नहरस्थित धान खेतमा सेतो प्लास्टिकको बोराभित्र राखिएको अवस्थामा नवजात शिशु (छोरा) फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार बिहान करिब ९ः४० बजे स्थानीयवासीले धान खेतबाट बच्चा रोएको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी चौकी बरगाछीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

बिज्ञापन

स्थानीयवासीको सहयोगमा प्रहरीले बोराभित्र रहेका नवजात शिशुको उद्धार गरी उपचारका लागि नोबेल अस्पताल विराटनगर ल्याएको छ । अस्पतालमा उपचाररत शिशुको अवस्था हाल सामान्य तथा स्वस्थ रहेको जिल्ला प्रहरी कार्यलयले  जनाएको छ।

जन्मिएको केही समयमै बोराभित्र राखेर धान खेतमा छाडिएको घटनाले मानवता र संवेदनामाथि गम्भीर प्रश्न उठाएको छ। तर, समयमै स्थानीयवासीले बच्चा रोएको आवाज सुनेर प्रहरीलाई खबर गरेपछि भने नवजात शिशुको ज्यान जोगिएको छ।

घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङबाट SOCO सहितको प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। शिशुलाई खेतमा कसले र किन छाडेको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बाढी–पहिरो प्रभावितका लागि ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

बाढी–पहिरो प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

रसुवा बाढीपीडितका लागि शारदा र जाजु ग्रुपले ६० लाख बराबरको राहत

Clock Iconबिहिबार, भाद्र ११, २०८३

लेन्दे खोलाको बाढीले रसुवा नाकामा ठूलो क्षति, दुईवटा बजार तहसनहस

Clock Iconबुधबार, भाद्र १०, २०८३

भारतीय क्लेयरिङ एजेन्टको आन्दोलन फिर्ता: ५०० भन्दा बढी मालवाहक लरी नेपाल भित्रिने

Clock Iconमंगलबार, भाद्र ०९, २०८३

पांच सयभन्दा बढी मालबाहक ट्रक र कन्टेनर सीमापारिमै रोकिए, भन्सार जाँचपास पूर्ण अवरुद्ध

Clock Iconमंगलबार, भाद्र ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka