Premier Cables
Premier Steel

विराटनगर शिक्षा

कान्तिपुर कलेजका विद्यार्थी कक्षा १२ मा ‘बोर्ड फस्ट’

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २०, २०८२  | राती ८:१७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेजमा अध्ययनरत विद्यार्थी राजनारायण महतोले कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) परीक्षामा नेपाल टप गरेका छन्। विज्ञान संकायका महतोले ३.९६ जीपीए प्राप्त गर्दै देशभरमै सर्वाधिक अंक ल्याउने विद्यार्थी बनेका हुन्।

कलेजका प्राचार्य भुवन नेपालका अनुसार राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको नतिजामा ४.० जीपीए कसैले नल्याएको पुष्टि भइसकेको छ। “हालसम्म प्राप्त विवरणअनुसार ३.९६ भन्दा माथि कसैको जीपीए देखिएको छैन,” प्राचार्य नेपालले भने, “विज्ञान संकायमा राजनारायण महतोले नेपाल टप गरेका छन्।”

बिज्ञापन

कान्तिपुर कलेजले यसपटक पनि उत्कृष्ट नतिजा हासिल गरेको छ। कलेजका अनुसार २०८१ को परीक्षामा सहभागी विद्यार्थीमध्ये

३.६१ देखि ४.०० जीपीए ल्याउने — ३७ जना

३.२१ देखि ३.६० — ३५८ जना

२.८१ देखि ३.२० — १८७ जना

२.४१ देखि २.८० — १५३ जना

२.०१ देखि २.४० — ७४ जना

यस आधारमा कलेजको ९४ प्रतिशत विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन्।

विज्ञान, व्यवस्थापन र होटेल म्यानेजमेन्ट संकाय सञ्चालन गरिरहेको कान्तिपुर कलेज हाल विराटनगरमा विद्यार्थीहरूको प्रमुख रोजाइ बन्दै गएको प्राचार्य नेपालको भनाइ छ।

कलेजको प्रतिबद्धता, नियमित सुधार र नतिजामै आधारित प्रतिस्पर्धी वातावरणले राष्ट्रिय स्तरमै सकारात्मक ऊर्जा थपेको उनको दाबी छ।

गत वर्ष पनि कान्तिपुरकी आयुषा कार्कीले एआयइइ परीक्षामा पूर्ण ४.०० जीपीए ल्याएर चर्चा कमाएकी थिइन्।

हाल कलेजमा कक्षा ११ र १२ मा २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka