Premier Cables
Premier Steel

राजनीति

सुदूरपश्चिममा सकस: मन्त्रीका १२ आकांक्षीको नाम केन्द्रमा सिफारिस

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र ०५, २०८३  | बिहान ११:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धनगढी । सङ्घीय राजधानीमा कुरा नमिल्दा सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा ढिलाइ भएको छ।

प्रदेश सरकारमा मन्त्री बन्ने आकांक्षीको सङ्ख्या धेरै भएपछि सहमति जुटाउन नसकेर १२ जनाको नाम केन्द्रीय नेतृत्वसमक्ष सिफारिस गरिएको छ।

बिज्ञापन

सत्ता साझेदार दलहरूबिच प्रदेश तहमा मन्त्री चयनबारे सहमति हुन नसकेपछि अन्तिम निर्णयका लागि केन्द्रीय तहमा सूची पठाइएको हो। केन्द्रले सिफारिस गरिएका १२ जनाबाट पाँच जनाको नाम चयन गरेर पठाउने र त्यसलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने तयारी छ।

केन्द्रमा पठाइएको नामावली अनुसार साबिक माओवादी केन्द्रबाट ओमविक्रम भाट ‘सरल’, शिवसिंह ओली, मानबहादुर धामी, अक्कल रावल, झपट साउद, लक्ष्मी विक र जानकी पौडेल रहेका छन्। यस्तै नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरी, खुसीराम चौधरी र इन्दिरा गिरी तथा नेकपा एकीकृत समाजवादीबाट प्रकाश रावल र नरेश शाहीको नाम सिफारिसमा परेको छ।

मुख्यमन्त्री खगराज भट्टका अनुसार अबको एक–दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तारको काम सकिने गरी तीव्र छलफल भइरहेको छ। सत्ता साझेदारबिच भएको सहमति अनुसार नेकपाले भौतिक पूर्वाधार विकास, उद्योग–पर्यटन–वन तथा वातावरण र आन्तरिक मामिला तथा कानून मन्त्रालय पाउनेछ। यी तीनै मन्त्रालयमा एक–एक जना मन्त्री र थप दुई जना राज्यमन्त्री नियुक्त गर्ने तयारी गरिएको छ।

यसअघि नेकपा एमालेका तर्फबाट चक्र मल्ल, सन्तोष शर्मा थापा र दमन भण्डारी मन्त्री तथा जानकी ऐर बम राज्यमन्त्रीका रूपमा नियुक्त भइसकेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka