Premier Cables
Premier Steel

अर्थ

सुदूरपश्चिमको बजेट भागबण्डामा सत्तापक्षभित्रै विवाद

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०२, २०८३  | बिहान ९:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आकार बढाएर ल्याएको बजेट सन्तुलनहीन देखिनुको मुख्य कारण सत्तारुढ दलभित्रकै आन्तरिक विवाद रहेको बताइएको छ।

कांग्रेस र एमालेले संयुक्त रूपमा सञ्चालन गरिरहेको प्रदेश सरकारमा मुख्यमन्त्री कमलबहादुर शाहले बजेट एकलौटी रूपमा तयार गरेको आरोप लगाउँदै एमालेले मन्त्रिपरिषद् बैठकमै सहभागी नहुने संकेत दिएको थियो।

बिज्ञापन

विशेषगरी भौतिक पूर्वाधार विकास मन्त्रालयमा तोकिएको सिलिङअनुसार बजेट नपरेको तथा सांसद र मन्त्रीहरूले सिफारिस गरेका योजनाहरू समावेश नगरिएको विषयमा एमालेले असन्तुष्टि जनाएको छ।

त्यस्तै, आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रणालीमा प्रविष्ट गरिसकेपछि जेठ ३१ गते राति १२ बजेसम्म प्रणाली बन्द हुनुपर्ने नियम भए पनि कर्मचारीहरूले सोमबार मध्यरातसम्म पनि प्रणाली बन्द नगरेको एक कर्मचारीले बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa