Premier Cables
Premier Steel

अन्तराष्ट्रिय राष्ट्रिय समाचार

भारतबाट नेपाललाई ८० करोड ३० लाख सहयोग

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २७, २०८३  | अपराह्न १:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । भारत सरकारले नेपालका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका विभिन्न आठ परियोजना सञ्चालनका लागि ८० करोड ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

परियोजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा मंगलबार नेपाल सरकारका सम्बन्धित निकाय र नेपालस्थित भारतीय दूतावासका अधिकारीबीच हस्ताक्षर भएको छ।

बिज्ञापन

सम्झौताअन्तर्गत कोशी प्रदेशका चार परियोजना सञ्चालन हुनेछन्। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलाइजेसन, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण, मोरङको बेलबारी नगरपालिका–३ मा बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण र सुनसरीको बर्जु गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण गरिनेछ।

त्यस्तै, बागमती प्रदेशको धादिङस्थित ज्वालामुखी गाउँपालिका–६ मा नगदे कृषि तथा पशुपन्छी केन्द्रको भवन निर्माण गरिनेछ। कर्णाली प्रदेशको दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ मा १० शय्याको अस्पताल निर्माण गर्ने योजना छ।

हुम्लाको सर्केगाड गाउँपालिका–४ मा कृषि प्रवद्र्धन केन्द्र र गण्डकी प्रदेशको स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ मा कोल्ड स्टोर निर्माण गरिनेछ।

सम्झौताअनुसार सबै परियोजना नेपाल सरकारका स्थानीय तह तथा सम्बन्धित संस्थामार्फत कार्यान्वयन हुनेछन्।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa