Premier Cables
Premier Steel

अन्तराष्ट्रिय समाचार

परीक्षा अनियमितताको विरोध , फेरि चर्कियो भारतमा विद्यार्थी आन्दोलन

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन २५, २०८३  | साँझ ४:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भारतको झारखण्डमा सरकारी रोजगारीका लागि हुने परीक्षामा अनियमितता भएको आरोप लगाउँदै विद्यार्थीहरूले सोमबार राज्य विधानसभातर्फ प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी केही विद्यार्थी भोक हडतालमा समेत छन् ।

राज्यको राजधानी राँचीमा जुलाई २९ देखि सुरु भएको प्रदर्शनमा कम्तीमा छ जना विद्यार्थी भोक हडतालमा छन् । एक साताभन्दा बढी समयदेखि अनशनमा रहेका ३३ वर्षीय विद्यार्थी नेता देवेन्द्र नाथ महतोले परीक्षा सञ्चालनमा निजी कम्पनीको प्रयोग अन्त्य गर्न माग गरेका छन् ।

बिज्ञापन

“हामी सम्पूर्ण प्रणालीमा परिवर्तन चाहन्छौँ”, भारतीय सञ्चारमाध्यमले महतोलाई उद्धृत गर्दै जनाएका छन् ।

सरकारी परीक्षामा निजी कम्पनीको संलग्नता तथा परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा प्रदर्शनकारीले केही परीक्षा रद्द गर्न र संघीय निकायमार्फत अनुसन्धान गर्न माग गरेका छन् ।

सोमबार सयौँ सुरक्षाकर्मीले काँडेतारसहितको ब्यारिकेड लगाएर विधानसभाको सुरक्षा गरेका थिए । प्रदर्शनकारी र राज्य सरकारबीच यसअघि भएका पटक–पटकका वार्ता निष्कर्षविहीन भएपछि विद्यार्थीहरू नाराबाजी गर्दै विधानसभातर्फ अघि बढेका थिए ।

झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले प्रदर्शनकारीका केही माग सम्बोधन गर्दै आन्दोलन अन्त्य गर्ने प्रयास गरेका छन् । परीक्षाको निरीक्षण गर्ने निजामती सेवा निकायका केही सदस्यले पनि राजीनामा दिएका छन् ।

“कुनै पनि समस्या वार्तामार्फत समाधान गर्न सकिन्छ”, मुख्यमन्त्री सोरेनले आइतबारको सम्बोधनमा भनेका थिए ।

झारखण्डको प्रदर्शन भारतमा सरकारी भर्ना परीक्षाको पारदर्शिता र विश्वसनीयताबारे बढिरहेको असन्तुष्टिको पछिल्लो उदाहरण हो । सीमित सरकारी रोजगारीका लागि लाखौँ युवा प्रतिस्पर्धा गर्ने भारतमा सरकारी परीक्षा रोजगारी प्राप्त गर्ने प्रमुख माध्यमका रूपमा रहेको छ ।

यसअघि नयाँदिल्लीमा पनि सरकारी परीक्षामा कथित अनियमितताको विरोधमा युवाहरूले लामो समय प्रदर्शन गरेका थिए । उक्त आन्दोलनले भारतको परीक्षा प्रणालीको विश्वसनीयतालाई प्रमुख राजनीतिक मुद्दाका रूपमा समेत उठाएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa