Premier Cables
Premier Steel

समाचार

सुनकोसीमा खसेको कारमा सवार थिए ३ जना

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १८, २०८३  | अपराह्न २:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । सिन्धुलीको सुनकोसी नदीमा खसेको कारमा चालकसहित तीन जना सवार रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटनामा परेको कारमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका निवासी दिलकुमार लामा चालकका रूपमा रहेको खुलेको हो ।

प्रहरीका अनुसार लामा सडक विभागअन्तर्गत मध्यपहाडी लोकमार्गको मुलकोट खण्डका ठेकेदारसमेत हुन् । कारमा सवार अन्य दुई जनामध्ये एक जना स्काभेटर चालक र अर्का एक जना हेल्पर रहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रहरीका अनुसार काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको कारलाई ठक्कर दिँदा कार फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेको हो ।

दुर्घटनापछि प्रहरी, जनप्रतिनिधि र स्थानीयवासी उद्धारका लागि घटनास्थलमा पुगे पनि नदीमा आएको बाढीका कारण उद्धार कार्य प्रभावित भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीले कार र त्यसमा सवार व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी राखेको छ ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news

सोमबार, साउन १८, २०८३   |   समाचार
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa