Premier Cables

समाचार

विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको निधन भएको पुष्टि

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन १६, २०८३  | साँझ ४:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी निधन भएको पुष्टि भएको छ।

पुर्जा स्थापना गरेको आरोहण कम्पनी इलाइट एक्सपेडले शनिबार फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै उनको निधन भएको आधिकारिक जानकारी दिएको हो।

विज्ञापन

कम्पनीका अनुसार दुर्घटनामा पुर्जासँगै उनका भरपर्दा आरोहण सहयोगी तथा गाइड पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पाको पनि ज्यान गएको छ।

बिहीबार ब्रोड पिकमा आएको भीषण हिमपहिरोपछि उनीहरू सम्पर्कविहीन भएका थिए। शनिबार बिहान ड्रोनमार्फत गरिएको खोजीका क्रममा क्याम्प–१ नजिक पाँचवटा शव फेला परेपछि मिङ्मा ग्याल्जे शेर्पा (मिङ्मा जी) र सिरबाज खानको नेतृत्वमा रहेको उद्धार टोली घटनास्थलमा पुगेको थियो। प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाबीच टोलीले शवहरूको पहिचान गरेको जनाएको छ।

पूर्व ब्रिटिस गोर्खा सैनिकसमेत रहेका निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेका थिए। उनको यही असाधारण यात्रामा आधारित “14 Peaks: Nothing Is Impossible” नामक नेटफ्लिक्स डकुमेन्ट्रीले विश्वभर व्यापक चर्चा पाएको थियो।

इलाइट एक्सपेडले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घडीमा परिवारको गोपनीयताको सम्मान गर्न सबैसँग अनुरोध गरेको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka