Premier Cables
Premier Steel

कोशी प्रदेश प्रदेश समाचार

सुनसरीको पकलीदेखी कोशी ब्यारेजसम्म कर्फ्यू जारी

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन १२, २०८३  | साँझ ५:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इनरुवा । सुनसरी जिल्ला प्रशासन कार्यालयले पूर्वपश्चिम राजमार्गको पकलीबाट पश्चिम कोशी ब्यारेजसम्मको राजमार्ग र त्यसको आसपासका क्षेत्रहरुमा निषेधाज्ञा जारी गरेको छ । आईतबार देवानगंजमा एक जनाको ज्यान जानेगरि भएको घटनापछि स्थितिलाई सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले मंगलबार अपराह्न ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेका हुन ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार सुनसरी जिल्लाअन्तर्गत महेन्द्र राजमार्गको दुवैतर्फ चार किलोमिटर तथा इनरुवा बजार क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न नपाइने भएको छ । प्रशासनले सार्वजनिक शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम राख्ने उद्देश्यले उक्त क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लागू गरिएको जनाएको छ ।

बिज्ञापन

कफ्र्युको क्षेत्र निर्धारणअनुसार पूर्वतर्फ पकली चोकसम्म, पश्चिमतर्फ कोशी ब्यारेजको पुलसम्म तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रभित्र कफ्र्यु लागू हुनेछ । प्रशासनले सर्वसाधारणलाई कर्फ्यूु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै आदेश उल्लङ्घन गर्नेविरुद्ध प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa