Premier Cables
Premier Steel

समाचार

कोशी कटान क्षेत्रमा व्यवसायीका पसलमा तोडफोड, आगजनी र लुटपाट

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन १२, २०८३  | अपराह्न १:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर  | सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा रहेका व्यवसायीका पसलमा तोडफोड, आगजनी तथा लुटपाट भएको छ। उच्छृङ्खल समूहले साना होटल, मासु पसललगायतका व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीका पसलमा आक्रमण गरेको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार सरजुग यादव, अनिल महत्मान, उपेन्द्र मण्डल, सकलदेव यादव, राजकुमार यादव, सदानन्द यादव र रणकुमार श्रेष्ठलगायतका व्यवसायीका पसलमा तोडफोड गर्नुका साथै आगजनी र लुटपाट गरिएको हो। घटनाबाट व्यवसायीहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको जनाइएको छ।

बिज्ञापन

घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ। पीडित व्यवसायीहरूले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa