Premier Cables
Premier Steel

समाचार

हेरिटेज मिनी वर्ल्ड कपको उपाधि ‘अर्जेन्टिनालाई’

Karan Bastola Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ०४, २०८३  | अपराह्न ३:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर: हेरिटेज इन्टरनेसनल स्कुल, विराटनगरद्वारा आयोजित पहिलो संस्करणको ‘हेरिटेज मिनी वर्ल्ड कप’ फुटबल प्रतियोगिताको उपाधि हेरिटेज अर्जेन्टिनाले जितेको छ।

रोमान्चक तथा प्रतिस्पर्धात्मक बनेको फाइनलमा हेरिटेज अर्जेन्टिनाले हेरिटेज फ्रान्सलाई पराजित गर्दै पहिलो संस्करणको ट्रफी आफ्नो नाममा लेख्यो।

बिज्ञापन

प्रतियोगितामा हेरिटेज अर्जेन्टिना, हेरिटेज फ्रान्स, हेरिटेज स्पेन र हेरिटेज इङ्ल्यान्ड गरी चार टोलीको सहभागिता रहेको थियो। लिग चरणका ६ खेलपछि शीर्ष दुई स्थानमा रहेका अर्जेन्टिना र फ्रान्स फाइनलमा पुगेका थिए।

प्रतियोगिताका प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ घोषित गरी सम्मान गरिएको थियो। यसअन्तर्गत प्रसुभ खड्का, शाश्वत श्रेष्ठ, वेषभ बी.के., अश्विन निरौला, संस्कार थापा, अलिस पौडेल र लक्ष्य थापाले उक्त पुरस्कार प्राप्त गरे।

व्यक्तिगत विधातर्फ संस्कार थापा (हेरिटेज अर्जेन्टिना) ले गोल्डेन बुट, अश्विन निरौला (हेरिटेज फ्रान्स) ले गोल्डेन ग्लोभ्स तथा प्रसुभ खड्का (हेरिटेज फ्रान्स) ले गोल्डेन बल (प्लेयर अफ द टुर्नामेन्ट) जिते।

कार्यक्रममा विद्यालयका प्राचार्य सुशान्त बानियाँले खेलकुदले विद्यार्थीहरूको सर्वाङ्गीण विकास, अनुशासन, सहकार्य र नेतृत्व क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्रशिक्षक सुनिल मगरले विद्यार्थीहरूको खेल कौशल र खेलभावनाको प्रशंसा गर्नुभयो भने स्कुल कोअर्डिनेटर गौरव जैनले प्रतियोगिताले विद्यार्थीहरूबीच भाइचारा र सहकार्यको भावना अझ बलियो बनाएको उल्लेख गर्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।

विद्यालयले विद्यार्थीहरूमा खेलकुद भावना, अनुशासन तथा शारीरिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको जनाएको छ.

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa