Premier Cables
Premier Steel

समाचार

नयाँ दिल्लीमा चलो संसद मार्च : नीट प्रश्नपत्र चुहावट र बेरोजगारीविरुद्ध आन्दोलन चर्कियो

सन्तोष कुमार बाँस्तोला Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ०४, २०८३  | अपराह्न १२:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा नीट  प्रश्नपत्र चुहावट प्रकरण, प्रतिस्पर्धात्मक परीक्षामा देखिएको अनियमितता तथा बढ्दो बेरोजगारीको विरोधमा भइरहेको आन्दोलन थप चर्किएको छ। यस आन्दोलनको नेतृत्व गरिरहेको ककक्रोच जनता पार्टी  ले सोमबार ‘चलो संसद’ (संसद जाऔँ) नामक विशाल मार्च आयोजना गरेको छ। 

मार्चमा सहभागी हुन देशभरबाट विद्यार्थी, विभिन्न प्रतिस्पर्धात्मक परीक्षाका परीक्षार्थी, अभिभावक तथा समर्थकहरू आइतबार साँझदेखि नै जन्तर–मन्तर क्षेत्रमा भेला भएका थिए। संसदको मनसुन अधिवेशन सुरु भएकै दिन आयोजना गरिएको आन्दोलनलाई लक्षित गर्दै दिल्ली प्रहरीले व्यापक सुरक्षा व्यवस्था अपनाएको छ। 

बिज्ञापन

आन्दोलनकारीहरूको मुख्य माग भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, प्रश्नपत्र चुहावट प्रकरणको निष्पक्ष छानबिन, परीक्षामा देखिएका अनियमितताको अन्त्य तथा युवाहरूका लागि रोजगारीका अवसर सिर्जना गर्नु रहेको छ। 

यसअघि आन्दोलनमा ऐक्यबद्धता जनाउँदै अनशनमा बसेका अभियन्ता सोनम वाङ्चुकलाई स्वास्थ्य अवस्था बिग्रिएपछि प्रहरीले अस्पताल लगेको घटनाले आन्दोलन झन् चर्किएको छ। आन्दोलनकारीहरूले यसलाई दमनको प्रयास भन्दै विरोध गरिरहेका छन् भने प्रशासनले अदालतको आदेश र चिकित्सकीय सल्लाहअनुसार अस्पताल लगाइएको जनाएको छ। 

आन्दोलनलाई मध्यनजर गर्दै जन्तर–मन्तर, पार्लियामेन्ट स्ट्रिट, सेन्ट्रल भिस्टा, कनट प्लेस तथा आसपासका क्षेत्रमा तीन तहको सुरक्षा घेरा बनाइएको छ। दिल्ली प्रहरी, अर्धसैनिक बल तथा द्रुत प्रतिक्रिया टोली (Rapid Response Team) लाई उच्च सतर्कतामा राखिएको छ। केही स्थानमा आवतजावतमा समेत कडाइ गरिएको छ। 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार आन्दोलन सुरु हुनुअघि नै केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको थियो। प्रदर्शनकारीहरूले संसदतर्फ अघि बढ्ने प्रयास गर्दा प्रहरीले केही समूहलाई रोक्ने प्रयास गरेको र केही स्थानमा लाठी प्रयोग भएको समाचार आएका छन्। यद्यपि दिल्ली प्रहरीले बल प्रयोग गरेको आरोप अस्वीकार गर्दै कानुनसम्मत रूपमा स्थिति नियन्त्रणमा लिइएको जनाएको छ।

यसैबीच, नयाँ दिल्लीका प्रहरी उपायुक्त सचिन शर्माले सामाजिक सञ्जाल एक्स मार्फत सूचना जारी गर्दै यस प्रकारको मार्च वा जुलुसका लागि कुनै अनुमति न मागिएको र नदिइएको स्पष्ट पारेका छन्। अनुमति बिना संसद क्षेत्रतर्फ मार्च गर्न खोजिए कानुनी कारबाही गरिने चेतावनी पनि प्रहरीले दिएको छ। 

अहिलेको अवस्था : सोमबार दिउँसोसम्म हजारौँ प्रदर्शनकारी जन्तर–मन्तर क्षेत्रमा भेला भएर नाराबाजी गरिरहेका छन्। केही समूहले संसदतर्फ अघि बढ्ने प्रयास गरिरहेका छन् भने सुरक्षा निकायले उनीहरूलाई रोकिरहेको छ। राजधानीको संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था अझ कडा पारिएको छ र अवस्था तनावपूर्ण भए पनि निरन्तर निगरानीमा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa