Premier Cables
Premier Steel

राष्ट्रिय

दुर्गा प्रसाइँ विमानस्थल झरे- प्रहरीले गाडीमा राखेर घर लगिदियो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार २८, २०८३  | अपराह्न २:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को आन्तरिक टर्मिनलमा मेडिकल व्यवसायी तथा राष्ट्रिय अभियानका संयोजक दुर्गा प्रसाईंले आयोजना गर्न खोजेको अनधिकृत कार्यक्रमलाई आइतबार प्रहरीले रोकेको छ।

झापाबाट काठमाडौं ओर्लिएका प्रसाईंले त्रिपुरेश्वरमा भएको गणेश नेपालीको आत्मदाहको घटनालाई लिएर विमानस्थलमै पत्रकार सम्मेलन र समर्थकहरूलाई सम्बोधन गर्ने तयारी गरेका थिए। उनको “नागरिक बचाउ महाअभियान” का कार्यकर्ताहरू ब्यानर र प्लेकार्डसहित विमानस्थलमा भेला भएका थिए भने थुप्रै अनलाइन सञ्चारकर्मी र युट्युबर्स पनि उपस्थित थिए।

बिज्ञापन

विमानस्थललाई जिल्ला सुरक्षा समितिले संवेदनशील र निषेधित क्षेत्र घोषणा गरेको हुनाले, जिल्ला प्रहरी परिसर काठमाडौंले कार्यक्रम सुरु हुनुअगावै हस्तक्षेप गरेको थियो। प्रहरीले मुख्य प्रवेशद्वारमै युट्युबर्स र सञ्चारकर्मीहरूलाई रोक्यो र प्रसाईंलाई सार्वजनिक वक्तव्य दिन दिएन।
प्रसाईंलाई औपचारिक रूपमा पक्राउ भने गरिएन। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले उनलाई सिधै आफ्नै गाडीमा राखेर भक्तपुरस्थित उनको निवासतर्फ स्कर्टिङ गरी पुर्‍याएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार यो एक निवारक (प्रिभेन्टिभ) कदम मात्र थियो। “निषेधित क्षेत्रभित्र ब्यानर र प्लेकार्डसहित अनधिकृत कार्यक्रम गर्ने तयारी भइरहेकाले हामीले हस्तक्षेप गरेका हौं,” भट्टराईले भने। उनले प्रसाईंलाई हिरासतमा नलिई शान्ति सुरक्षा कायम राख्न सुरक्षित रूपमा घर पुर्‍याइएको स्पष्ट पारे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa