Premier Cables
Premier Steel

समाचार

दुर्गा प्रसाईंले भने- बालेनलाई ठेगान लगाउनु पर्छ

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक २३, २०८२  | बिहान १०:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध अभियान सञ्चालन गर्ने घोषणा गर्दै विवादास्पद व्यवसायी दुर्गा प्रसाईं आइतबार (कात्तिक २३) बिहान मनोहरा सुकुम्वासी बस्ती पुगेका छन्। त्यहाँ उनले भेला भएका स्थानीयलाई मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा साथ दिन आग्रह गरे।

प्रसाईंले मेयर बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन दुई करोड रुपैयाँ लिएको आरोप लगाए। उनले दलहरूले सुकुम्वासीलाई केवल ‘भोट बैंक’का रूपमा उपयोग गर्दै आएको टिप्पणी पनि गरे।

बिज्ञापन

आफूले कसैसँग भोट नमाग्ने तर सुकुम्वासीलाई पक्की घर बनाउन सहयोग गर्ने प्रसाईंको भनाइ थियो। साथै, उनले सबै दल र मेयर बालेनलाई “ठेगान लगाउने” चेतावनी पनि दिए।

यसैबीच, सुकुम्वासी बस्ती खाली गर्न काठमाडौं महानगरपालिकाले दिएको एक साताको ‘अल्टिमेटम’ आइतबार सकिँदै छ। अल्टिमेटम सकिएपछि महानगरले बस्ती खाली गराउने तयारी गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka