Premier Cables
Premier Steel

कोशी प्रदेश

रंगेलीका वडा अध्यक्षसहित दुई जना पक्राउ

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ११, २०८३  | साँझ ५:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झुटो विवरण पेश गरी अंगीकृत नेपाली नागरिकताको सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिकाका एक वडा अध्यक्ष र एक वडा सदस्य पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली नगरपालिका–५ निवासी मनुवा कुमार महतोले आफ्नी आमा अधनुनिया महतो भएको भनी झुटो विवरण पेश गरेको आरोप छ। सोही विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताको सर्जमिन तथा सिफारिस प्रक्रिया अघि बढाइएको भन्दै सम्बन्धित जनप्रतिनिधिमाथि कारबाही प्रक्रिया सुरु गरिएको हो।

बिज्ञापन

यस प्रकरणमा रंगेली नगरपालिका–५ का वडा अध्यक्ष ५५ वर्षीय महानन्द मण्डल तथा रोहवरमा बसेका सोही वडाका वडा सदस्य ४६ वर्षीय गणेश ऋषिदेवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले आवश्यक कारबाहीका लागि दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको थियो। त्यसपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रद्वारा जारी विज्ञप्तिमा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको उल्लेख गरिएको छ।

प्रहरीले नागरिकता जस्तो संवेदनशील विषयमा झुटो विवरण पेश गर्ने तथा त्यसलाई प्रमाणित गर्ने कार्यमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa