Premier Cables
Premier Steel

अपराध

मोरङमा जेन-जी आन्दोलनमा सरकारी कार्यालय आगजनी गर्ने एमालेका नेता-कार्यकर्ता पक्राउ

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर १६, २०८२  | बिहान १०:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको रङ्गेली र सुनवर्षी नगरपालिकामा तोडफोड तथा आगजनी घटनाका आरोपी नेकपा (एमाले) निकट युवा सङ्गठनका रङ्गेली नगर इन्चार्ज आनन्द साहसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

आन्दोलनमा रङ्गेली नगरपालिका, सुनवर्षी नगरपालिका, इलाका प्रशासन कार्यालय रङ्गेली र रङ्गेली नगरप्रमुखको घरमा समेत आगजनी गरिएको थियो । आगजनीबाट ती घरमा क्षति पुगेको थियो ।

बिज्ञापन

प्रहरीका अनुसार घटनास्थलमा प्राप्त भिडियो तथा सिसिटीभी फुटेजले भीडलाई नेतृत्व गर्दै आगजनीतर्फ उक्साउने कार्यमा आनन्द साहको संलग्नता देखिएको छ। यस घटनापछि प्रहरीले कडा ढङ्गले कारबाही अघि बढाउँदै पाँचै जनालाई नियन्त्रणमा लिएको बताइएको छ। साथै प्रहरीले आगजनीमा संलग्न अन्यलाई सिसिटिभी तथा फुटेजको सहारामा खोजी गरिरहेको बताइएको छ ।

आनन्द नेकपा (एमाले) मोरङ जिल्ला संगठनका सल्लाहकार तथा मोरङ क्षेत्र नं. ५ का प्रभावशाली नेता सन्तोष साहका छोरा हुन्। उनी रङ्गेलीको पहिलो स्थानीय तह निर्वाचनमा मेयरका उम्मेदवार भइसकेका र पछि प्रदेश सभा क्षेत्र नं. ५(क) बाट एमालेकै तर्फबाट चुनाव लडिसकेका व्यक्ति हुन्।

रङ्गेली र सुनवर्षी दुवै नगरपालिकामा एमालेले मेयर र उपमेयर जितेको अवस्थामा एमालेकै कार्यकर्ताले आगजनी गर्नु, राजनीतिक वृत्तमा नयाँ प्रश्न र बहसको विषय बनेको छ। आलोचकहरूका अनुसार, आफ्नै नेतृत्वमा सञ्चालन हुने पालिकामा आफ्नै कार्यकर्ताद्वारा सार्वजनिक सम्पत्तिमा आगो लगाएको पाइएको छ ।

प्रहरीले अहिले पक्राउ परेकाहरूमाथि सार्वजनिक सम्पत्ति नष्ट गरेको, सरकारी कार्यालयमा आगजनी गरेको र संगठित रूपमा भीड परिचालन गरेको विषयमा विस्तृत अनुसन्धान जारी राखेको जानकारी दिएको छ।

प्रहरीले आगजनीमा उक्साएको आरोपमा आनन्द साहसहितका व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka