जलाइएको रंगेली नगरपालिका पुनःतयार, सबै सेवा दिन शुरु
नोट: यो समाचार ३ महिना अघिको हो
बुधबार, असोज २२, २०८२ |
अपराह्न ३:५० बजे
विराटनगर । आन्दोलनकारी मोरङको रंगेली नगरपालिकामा आगजनी गरे । यसबाट ठूलो क्षति भयो ।
तर, दशैंको बेला पनि नगरपालिकाले जलेका संरचना पुर्ननिर्माणका काम गरिरहयो । यसकै परिणाम रंगेली नगरपालिका कार्यालय लगभग पुनः तयार भएको छ । रंगेलीका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार साहले सफाईपछि रंगरोगनको काम लगभग पूरा भएको जानकारी दिए ।
उनले भने,‘‘कार्यालयबाट हुने काम नियमित गरिरहेका छौं । चारवटा वडाको काम पनि नगरपालिकाको परिसरमा टाँगिएको टेन्टबाट हुँदैछ ।’’
आन्दोलनको लभगभ एक महिनामै कार्यालय पुनः पूर्ण रुपमा संचालन गर्ने गरी तयार भईसकेको उनले बताए । रंगेली नगरपालिकाका चारवटा वडामा आन्दोलनकारीले आगजनी र तोडफोड गरेका थिए । नगरपालिका कार्यालयमा पनि आगजनी भएको थियो ।