Premier Cables
Premier Steel

अर्थ

सरकारको आश्वासनपछि बन्द चिया उद्योगहरू पुनः सञ्चालनमा

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ११, २०८३  | अपराह्न १२:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । चिया उद्योगीहरूको समस्या समाधान गर्न सरकारले विशेष कार्यदल गठन गर्ने प्रतिबद्धता जनाएपछि बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्।

भारतले चिया निर्यातमा अवरोध सिर्जना गरेपछि झापा र इलामका चिया उद्योगहरू असार १ र ४ गतेदेखि बन्द भएका थिए। निर्यातसम्बन्धी समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले उच्चस्तरीय कार्यदल गठन गर्ने आश्वासन दिएसँगै उद्योगहरू पुनः सञ्चालनमा आएका हुन्।

बिज्ञापन

नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताका अनुसार बिहीबारदेखि झापाका ३० वटा सीटीसी चिया उद्योग सञ्चालनमा फर्किएका छन्। सरकारले उद्योगीहरूको माग सम्बोधन गर्न सक्रियता देखाएपछि उद्योग खोल्ने निर्णय गरिएको उनले बताए।

“सरकारले विशेष कार्यदल गठन गरेको छ। मन्त्रीस्तरमा भएको छलफलमा पनि समस्या समाधानका लागि छिट्टै पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएपछि हामीले उद्योग सञ्चालनमा ल्याएका हौं,” गुप्ताले बताए।

झापाका उद्योगहरू सञ्चालनमा आएसँगै इलामलगायत पहाडी जिल्लाका चिया उद्योगहरू पनि क्रमशः खुल्ने तयारीमा छन्। “झापाका उद्योग खुलिसकेका छन्, पहाडका उद्योगहरू पनि खुल्ने क्रममा छन्। आज वा भोलिदेखि सञ्चालनमा आउने अपेक्षा गरेका छौं,” उनले भने।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa