Premier Cables
Premier Steel

अर्थ कोशी प्रदेश

भारततर्फ नेपाली चिया निर्यात सूचारु गराउन उद्योग वाणिज्य महासंघ काेशीकाे ध्यानाकर्षण

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ०३, २०८३  | साँझ ६:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका झापा, इलामलगायत जिल्लामा उत्पादन हुने नेपाली चियाको निर्यातमा भारतीय पक्षले गुणस्तर परीक्षणको नाममा अवरोध खडा गरेपछि चिया उद्योग संकटमा परेको छ। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले यस विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका अध्यक्ष राजेन्द्र राउतले बुधबार प्रेस विज्ञप्ति जारी गरी नेपाली चिया नेपालको प्रमुख निर्यातजन्य वस्तुमध्ये एक भएको उल्लेख गरेका छन् । यसले रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको राउतले उल्लेख गरेका छन् ।

बिज्ञापन

विगतमा यस्ता समस्या आपसी छलफल र कूटनीतिक पहलमार्फत समाधान हुँदै आए पनि यसपटक लामो समयसम्म निर्यात प्रभावित हुँदा उद्योगी, किसान र श्रमिक चिन्तित बनेका छन्। भारतीय पक्षले लागू गरेको नयाँ व्यवस्थाका कारण ठूलो परिमाणमा तयारी चिया सीमाक्षेत्रमा रोकिएको महासंघको भनाइ छ।

महासंघका अनुसार निर्यात अवरुद्ध हुँदा उद्योगमा मौज्दात बढ्दै गएको, नगद प्रवाह ९क्यास फ्लो० मा समस्या देखिएको तथा हजारौं किसान, श्रमिक र उद्यमी प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

तथ्यांकअनुसार नेपालमा करिब १० हजार हेक्टर क्षेत्रफलमा वार्षिक २ करोड ४७ लाख किलोग्राम चिया उत्पादन हुने गरेको छ। त्यसमध्ये भारततर्फ मात्रै वार्षिक करिब २ करोड ५६ लाख किलोग्राम चिया निर्यात हुने गरेको महासंघले जनाएको छ। चिया उद्योगमा २० हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्।

निर्यात अवरोधका कारण चिया उद्योगहरू पछिल्ला केही दिनदेखि अनिश्चितकालीन बन्दको अवस्थासम्म पुग्ने जोखिम बढेको उद्योगीहरूको भनाइ छ। यसले चिया किसान र श्रमिकको रोजगारीमा प्रत्यक्ष असर पार्नुका साथै समग्र क्षेत्रीय अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको बताइएको छ।

महासंघले समस्या समाधानका लागि नेपाल सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल थाल्नुपर्ने माग गरेको छ। चिया निर्यात सहज बनाउन आवश्यक पहल गर्न तथा नेपाली चिया उद्योग, किसान र श्रमिकको हित संरक्षणका लागि आफूहरू निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि महासंघले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa