Premier Cables

विराटनगर

नेपाल स्तरोन्नति हुँदै: कोशीका उद्यमीलाई अवसर र चुनौती

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र २५, २०८३  | बिहान ९:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल अल्पविकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा निजी क्षेत्रमा पर्ने प्रभाव र त्यसका लागि अपनाउनुपर्ने रणनीतिबारे छलफल गर्न विराटनगरमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघको “नेपालको समावेशी व्यावसायिक वातावरण तथा साना एवं मझौला उद्यम सुदृढीकरण” परियोजना अन्तर्गत महासंघ कोशी प्रदेशको आयोजनामा उक्त कार्यक्रम भएको हो। महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा आयोजित कार्यशालामा प्रदेशभरका विभिन्न उद्योग वाणिज्य संघ तथा व्यावसायिक संस्थाका करिब १५० जना उद्यमी(व्यवसायीहरूको सहभागिता थियो।

विज्ञापन

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र राउतले एलडिसीबाट स्तरोन्नति हुनु नेपालका लागि अन्तर्राष्ट्रिय मञ्चमा गौरवको विषय भए पनि यसले ल्याउने नयाँ चुनौतीप्रति सजग हुनुपर्ने बताउनुभयो।

‘‘स्तरोन्नतिसँगै अन्तर्राष्ट्रिय स्तरमा नेपालको विश्वसनीयता त बढ्छ, तर भन्सार तथा व्यापारमा पाइरहेका सहुलियत कटौती हुने भएकाले चुनौती पनि थपिन्छन्,’’ अध्यक्ष राउतले भन्नुभयो, ‘‘नेपाली उद्यमीहरूले सम्भावित प्रभावको अध्ययन गरी आफ्ना उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउन अहिल्यैदेखि तयारी थाल्नुपर्छ।’’

उहाँले विशेषगरी साना तथा मझौला उद्यम र महिला उद्यमीहरूलाई स्तरोत्तरिपछि बजार, लगानी, प्रविधि तथा उत्पादनमा पर्न सक्ने प्रभावबारे सचेत गराउन कार्यशाला उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। ँल्ऋऋक्ष् र न्क्ष्श् का टिम लिडर रोशन नेपालले कार्यशालाको पृष्ठभूमि र उद्देश्यबारे प्रकाश पार्नुभएको थियो।


कार्यशालामा परामर्शदाता भोजराज पौडेलले स्तरोन्नतिपछि नेपाली उद्योग(व्यवसायमा पर्न सक्ने प्रभावबारेको विशेष अध्ययन कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले संयुक्त राष्ट्रसंघमा अघि बढाइएका एजेन्डा, नेपालको स्तरोन्नतिको तालिका र निजी क्षेत्रले खेल्नुपर्ने रणनीतिक भूमिकाबारे जानकारी गराउनुभयो।

प्रस्तुतिपश्चात् आयोजित अन्तरक्रिया सत्रमा सहभागी उद्यमीहरूले आफ्ना व्यावहारिक समस्याहरू छलफल गरिएको थियो । लेटाङ उद्योग वाणिज्य संघकी कुमारी थापा गुरुङले ब्याग उद्योग सञ्चालनमा लगानी र बजारीकरणको समस्या रहेको बताउनुभयो। मोरङ उद्योग व्यापार संघकी श्रुति शर्माले महिला उद्यमीका लागि वित्तीय पहुँच सहज बनाइनुपर्नेमा जोड दिनुभयो।

विराट बायोटेकका सञ्चालक ढुण्डी ढकालले राज्यको लगानी आयात प्रतिस्थापन र स्वदेशी उत्पादन प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने बताउनुभयो। हस्तकला व्यवसायी यात्री चापागाईंले चीनबाट कच्चा पदार्थ आयात गर्दा व्यहोर्नुपरेको झन्झट उल्लेख गर्दै सहज नीतिको माग गर्नुभयो।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले भारतसँगको खुला सीमाका कारण स्थानीय उत्पादनले अस्वस्थ प्रतिस्पर्धा झेल्नुपरेको भन्दै तेस्रो मुलुकमा निर्यात बढाउन उत्पादनको गुणस्तर सुधार्नुपर्ने बताउनुभयो।

उक्त कार्यपत्रमाथि शिवसताक्षी उद्योग वाणिज्य संघकी मेरीना कार्की, उद्यमी मनिषा दर्नाल र इटहरी खुसी मिटकी सञ्चालक मीनुकुमारी राईले टिप्पणी गर्नुभएको थियो। उठाइएका प्रश्नहरूको उत्तर परामर्शदाता पौडेलले दिनुभएको थियो।

महासंघकी महिला उद्यमी सभापति कृति श्रेष्ठ उपाध्यायले विकासशील मुलुकमा स्तरोन्नतिको प्रक्रियालाई त्रासका रूपमा नभई रूपान्तरणको अवसरका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले महिला उद्यमीहरूले आफ्नो उत्पादन, प्रविधि र बजारीकरणमा सुधार गर्दै क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka