Premier Cables
Premier Steel

अपराध

पशुपतिस्थित शिवालयमा हत्या गरी फरार रहेका अभियुक्त महोत्तरीबाट पक्राउ

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ ३०, २०८३  | साँझ ५:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिका–८ पशुपतिस्थित १५ नं. शिवालयमा एक व्यक्तिको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८२ साल फागुन ६ गते शिवालयमा संखुवासभा घर भएका सन्तोष गिरी उर्फ सन्तोष परियार मृत अवस्थामा फेला परेका थिए। उक्त घटनापछि प्रहरीले हत्या प्रकरणको विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको थियो।

बिज्ञापन

अनुसन्धानका क्रममा हत्यामा संलग्न रहेको आरोपमा धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भएका दर्बेनाथ भन्ने सुविन रानामगरको संलग्नता खुलेको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका रानामगरलाई खोजतलास गर्ने क्रममा महोत्तरी जिल्लाको गौशाला नगरपालिका–६ बाट पक्राउ गरिएको हो।

पक्राउ परेका रानामगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। घटनाको कारण, हत्या हुनुको पृष्ठभूमि तथा अन्य सम्भावित संलग्न व्यक्तिबारे समेत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

यस घटनाले स्थानीय क्षेत्रमा त्रास र चासो सिर्जना गरेको थियो। फरार अभियुक्त पक्राउ परेसँगै घटनाको वास्तविकता खुल्ने अपेक्षा गरिएको छ। प्रहरीले हत्या प्रकरणसँग सम्बन्धित थप तथ्यहरू अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa