Premier Cables
Premier Steel

अपराध विराटनगर

मोरङको रानीमा ७ लाख बराबरको औषधिसहित युवक पक्राउ

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ३१, २०८२  | बिहान १०:५९ बजे
Hamro Biratnagar Headlines

विराटनगर।मोरङको रानी नाकाबाट भन्सार छली गरी भारतबाट अवैध रूपमा नेपाल ल्याइएका औषधिसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार बिहान करिब ५ बजेतिर विराटनगर महानगरपालिका–१६, दरैयास्थित सीमाक्षेत्रबाट २६ वर्षीय सिकन्दर यादवलाई मोटरसाइकलमा चार कार्टुन औषधिसहित नियन्त्रणमा लिइएको हो। भारतबाट औषधि ल्याउँदै गर्दा प्रहरी टोली देखेपछि यादवले औषधि फालेर भाग्ने प्रयास गरेका थिए। तर, उनलाई मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिज्ञापन

पक्राउ परेका यादवसँग ओमेगा टाइम क्याप्सुल – २३० बट्टा,प्रोकल-डी ट्याब्लेट – ४७ बट्टा,ट्रामाकल-एम ट्याब्लेट – ७९२ बट्टा निम्न प्रकारका औषधिहरू बरामद गरिएको छ । बरामद औषधि र प्रयोग गरिएको बीआर–३८एच–२२२७ नम्बरको मोटरसाइकलसहित सम्पूर्ण सामग्रीको अनुमानित मूल्य रु. ७ लाख ९० हजार ३ सय रहेको प्रहरीले जनाएको छ।

उक्त नियन्त्रणमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी सहायक निरीक्षक कुमार राई नेतृत्वको मोबाइल टोली र प्रहरी सहायक हवल्दार अविनास रायको कमाण्डमा रहेको क्विक रेस्पोन्स टिम सहभागी थिए। पक्राउ परेका यादव र बरामद औषधिहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालय, रानी विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka