Premier Cables
Premier Steel

राष्ट्रिय

राजावादी आन्दोलन अराजक भए फिल्डमा खटिएका प्रहरीले नै गोली चलाउन सक्ने

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar बुधबार, जेठ १४, २०८२  | अपराह्न २:४७ बजे

काठमाडौं । भोलि जेठ १५ गते हुने भनिएको संयुक्त जनआन्दोलन परिचालन समितिको प्रदर्शनका क्रममा अराजक गतिविधि भए खटिएका प्रहरी कमाण्डले नै गोली चलाउन सक्ने अधिकार दिइएको छ । काठमाडौमा रत्नपार्कबाट सुरु गर्ने भनिएको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छैन ।

राजावादीले गर्ने प्रदर्शनको अवस्थाबारे जानकारी लिन आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र मंगलबार गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक राखेका थिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले राजावादीको प्रदर्शन ठूलो नहुने तर अराजक गतिविधि हुन सक्ने भन्ने रिपोर्टिङ गरेको बताइएको छ ।

बिज्ञापन

प्रदर्शनको अवस्था र उनीहरूको गतिविधिबारे जानकारी लिन काठमाडौं प्रहरीले मंगलबार रातिदेखि नै उपत्यका भित्रिने विभिन्न नाका र काठमाडौंका विभिन्न होटलमा समेत ‘सर्च अपरेसन’ चलाएको छ ।

उपत्यका प्रहरी कार्यालय स्रोतका अनुसार, मंगलबारसम्म काठमाडौं बाहिरबाट प्रदर्शनका लागि खासै मानिस भित्रिएका छैनन् । संयुक्त जनआन्दोलन परिचालन समितिले नै गएको चैत १५ मा आयोजना गरेको तीनकुनेको प्रदर्शन अराजक बनेको थियो । बिहीबार पनि त्यस्तै भए फिल्डमा खटिने कमाण्डरले नै गोली चलाउने सम्मको अधिकार प्रत्योजित गरिएको जनाइएको छ ।

बुधबारमात्रै उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले पनि मातहत कार्यालयका सबै प्रहरी अधिकारीलाई भृकुटीमण्डपस्थित पुलिस क्लबमा बोलाएर निर्देशन दिएका छन् ।

राजावादीले गर्न लागेको प्रदर्शनको पूर्वसन्ध्यामा उनले मातहतका प्रहरी अधिकारीलाई राजावादीको आन्दोलन अराजक हुन खोजे सुरुमै बल प्रयोग गर्न भनेका छन् । अराजकता बढ्ने अवस्था गोली चलाउन निर्देशन दिएको सहभागी एक अधिकारीले बताउँछन् ।

‘‘चैत १५ को जस्तो अराजक प्रदर्शन गर्न खोजे सुरुमै बल प्रयोग गर्नुहोला, हेरेर नबस्नू । यो राज्यको व्यवस्थाविरुद्धको प्रदर्शन हो । यसलाई सामान्य मान्नुहुँदैन । सामान्य बल प्रयोग हुँदा अराजकता बढ्ने अवस्था आए गोली चलाउने अधिकार तपाईंहरूलाई आज नै दिएँ । भोलि सोध्नुपर्दैन । तर, गोली प्रहार हुँदाको अवस्थाबारेको आधार भने दिनुपर्ने हुन्छ,’’ एआईजीको तामाङको भनाइ उद्धृत गर्दै तीन अधिकारीले भने ।

उसो त प्रहरी नियमावलीले नै घटनाको अवस्था हेरेर गोली चलाउने अधिकार प्रहरी अधिकारीलाई दिइएको छ । तर, व्यवहारमा प्रहरी अधिकारीले त्यो प्रयोग गरेका छैनन् । गोली चलाउनुपर्ने अवस्था आए फिल्ड कमान्डर हुँदै जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको आदेशपछि मात्रै गोली चलाइँदै आएको छ । तर, भोलिका लागि आज नै कमान्डरलाई गोली चलाउनेसम्मको अधिकारी कमान्डरलाई दिइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka