Premier Cables
Premier Steel

राजनीति

कांग्रेसको केन्द्रीय समिति बैठक आज: महाधिवेशन कार्यतालिका पेश हुने

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक १८, २०८२  | बिहान ७:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि पुनः सुरु हुने भएको छ।

सोमबार बसेको कार्यसम्पादन समिति बैठकले स्थगित बैठक पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।

बिज्ञापन

बैठकमा संस्थापन र इतर दुवै पक्षले आगामी महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेका छन्। कार्यसम्पादन समितिमा यही विषयमा प्रारम्भिक सहमति बनेको नेताहरूले बताएका छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस मसान्तमा महाधिवेशन गर्नुपर्ने अडान लिएका छन् भने संस्थापन पक्षले वैशाखमा गर्ने प्रस्ताव दोहोर्याएको छ।

कांग्रेस स्रोतका अनुसार थापाले आजको बैठकमा पुस मसान्तको कार्यतालिका प्रस्तुत गर्नेछन् भने संस्थापन पक्षले वैशाख प्रस्ताव अघि सार्ने तयारी गरेको छ।

दुवै पक्षले कार्यतालिका र यसको औचित्यबारे आ–आफ्नो धारणा राखेपछि महाधिवेशनसम्बन्धी अन्तिम निर्णयका लागि विस्तृत छलफल अघि बढाइने जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa