Premier Cables
Premier Steel

अपराध विराटनगर

विद्यार्थीलाई प्रहरी सेवा र सुरक्षासम्बन्धी जानकारी

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बुधबार, साउन ०७, २०८२  | बिहान १०:३२ बजे

विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा नं. ५ स्थित ब्राइट भिजन ल कलेजमा “प्रहरीसँग एक दिन” कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम जिल्ला प्रहरी कार्यालय मोरङको समन्वय र सहकार्यमा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई प्रहरी सेवाबारे जानकारी गराउन आयोजित गरिएको थियो।

कार्यक्रमको प्रमुख उद्देश्य विद्यार्थीहरुलाई प्रहरी सेवा प्रक्रिया, साईबर अपराध र लागूऔषध दुर्व्यसन जस्ता महत्त्वपूर्ण विषयमा प्रशिक्षण दिनु थियो। कार्यक्रमको दौरान, प्रहरी कर्मचारीहरुले शाखाबाट प्रदान गरिने सेवाबारे विद्यार्थीहरुलाई विस्तृत जानकारी दिइएको साथै, उनीहरुलाई प्रहरी सेवा लिनको प्रक्रिया र अधिकारका बारेमा सचेत गराइएको छ।

बिज्ञापन

कार्यक्रममा प्रशिक्षक सँग अन्तरक्रिया पनि भएको थियो, जसमा विद्यार्थीहरुले विभिन्न सुरक्षा र कानूनी विषयमा प्रश्न गर्न र स्पष्टिकरण प्राप्त गर्न सके। यस कार्यक्रमले विद्यार्थीहरुलाई प्रहरीका विभिन्न पहलु र समाजको सुरक्षामा प्रहरीको भूमिकाबारे थप बुझ्न मद्दत पुर्याएको छ।

यस कार्यक्रमको आयोजनाले कलेजका विद्यार्थीहरुलाई कानून र सुरक्षा विषयमा अझ बढी जागरूक र जिम्मेवार नागरिकको रूपमा तयार गर्नको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka