Premier Cables
Premier Steel

विराटनगर साहित्य

अतिथि साहित्यकारको सम्मानमा विराटनगरमा स्रष्टा भेटघाट तथा सिर्जना वाचन कार्यक्रम

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक १७, २०८२  | राती ८:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । काठमाडौंबाट आएका अतिथि साहित्यकारहरूको सम्मानमा विराटनगरमा स्रष्टा भेटघाट तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर र इन्द्रमोहन श्रेष्ठ गुठी धनकुटाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वरिष्ठ कवि उषा शेरचन, विश्वविमोहन श्रेष्ठ र राजेन्द्र शलभलाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा अग्रज स्रष्टा राजेन्द्र शलभ, विवश पोखेल, मनु मञ्जिल, बद्री भिखारी, दिङ्लाली कान्छो, देवान किराँती, प्रज्वल परालुली, शंकर सुवेदी उत्स, बाबुराम पोखरेल, राजेन्द्र गुरागाईं, भूषण ढुंगेल, गोकुल अधिकारी, लक्ष्मी पोखरेल, मञ्जुश्री गिरी, मीनकुमार नवोदित, दीपा दाहाल, लक्ष्मण नेवटिया, भेषराज पोखेल र प्रयाग न्यौपाने लगायतका स्रष्टाहरूले आफ्ना कविता, गजल तथा अन्य साहित्यिक सिर्जनाहरू वाचन गरेका थिए।

त्यस्तै हरि कट्टेल, शुभलक्ष्मी लम्साल, मीना श्रेष्ठ, उमेश लुइँटेल, प्रतिमा निरौला, धीरज राई, रोहिणी रसिक, चूडामणि नेपाल अकिञ्चन, लक्ष्मी रायमझी, नानुमैया दाहाल, मदन भण्डारी, अम्बिका खरेल उप्रेती र हेमसागर पोखरेल लगायतले पनि कविता, गजल र मुक्तक प्रस्तुत गरी कार्यक्रमलाई समृद्ध पारे।

साहित्यकार प्राध्यापक कविराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कवि उषा शेरचन, विश्वविमोहन श्रेष्ठ, राजेन्द्र शलभ, चेतना संरक्षण प्रतिष्ठान विराटनगरकी अध्यक्ष गंगा सुवेदी, डा. विमला श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल र महासचिव गोकुल अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमले राजधानी र प्रदेशका साहित्यकारबीच आपसी सञ्जाल र सिर्जनात्मक आदानप्रदानलाई सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka