Premier Cables
Premier Steel

कोशी प्रदेश

बाढी पहिरोले इलाममा मात्र करिब १२ अर्बको क्षति

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक १८, २०८२  | अपराह्न २:४४ बजे
Hamro Biratnagar Headlines

फिक्कल (इलाम)। गत असोज १८ र १९ गतेको अविरल वर्षापछि आएको बाढीपहिराले इलाम जिल्लामा ११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी क्षति पु¥याएको छ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार जिल्लाभित्रका सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी र कृषि लगायतका क्षेत्रहरूमा गरी ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत् प्राधिकरण, जलस्रोत तथा सिँचाइ डिभिजनसहितका ११ वटा सम्बन्धित कार्यालयबाट संकलित विवरणका आधारमा यो तथ्यांक तयार गरेको हो।

सडक डिभिजनअन्तर्गतका ११ आयोजनामा पहिरो जाँदा ६ अर्ब ९६ करोड ४५ लाख रुपैयाँ क्षति भएको छ। त्यस्तै, पूर्वाधार विकास कार्यालयअन्तर्गत ६२ सडकमा २ अर्ब ३४ करोड ६५ लाख, २५ पुलमा ८५ करोड, र ६ भवनमा ४ करोड बराबरको क्षति पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत एचटी र एलटी लाइन तथा ट्रान्सफर्मरमा २ करोड ४७ लाख ३५ हजार ९५२ रुपैयाँ बराबरको क्षति भएको छ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजनका १६ नदी नियन्त्रण आयोजनामा १३ करोड ४६ लाख ६९ हजार, ५ पहिरो नियन्त्रण आयोजनामा १ करोड ७४ लाख २२ हजार, र ७२ सिँचाइ आयोजनामा १७ करोड ७१ लाख ५९ हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।

पशुसेवा क्षेत्रमा पनि ठूलो असर परेको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार २,५२० वटा पशुपन्छी मरेका छन् र २४४ वटा गोठ तथा पोखरी क्षतिग्रस्त भएका छन्, जसको कुल क्षति ४ करोड ३३ लाख ३० हजार रुपैयाँ बराबर छ।

खानेपानी क्षेत्रमा धनकुटा फिल्ड एकाइ कार्यालयअन्तर्गतका २९ आयोजनामा २८ करोड ७५ लाख र भद्रपुर झापास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गतका २२३ आयोजनामा २८ करोड १ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

कृषि क्षेत्रमा ३,४०९ किसानले ८९२.३२ हेक्टर क्षेत्रमा लगाएको खाद्य तथा नगदेबालीमा २७ करोड ४९ लाख ९५ हजार ७५० रुपैयाँ बराबरको नोक्सानी भएको छ। साथै, राष्ट्रिय चिया तथा कफी विकास बोर्डअन्तर्गतका २५ चिया बगानमा ४ करोड ७५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ।

नेपाल टेलिकमको १० अप्टिकल फाइबर र केवलमा ५ लाख ८ हजार रुपैयाँ बराबरको क्षति भएको छ भने गैँडे, झापा स्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाअन्तर्गतका ३१ आयोजनामा पहिरोका कारण ३२ करोड ९० लाख १६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिइन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka