Premier Cables
Premier Steel

मौसम

पश्चिमी वायुको प्रभाव: देशको पश्चिमी भूभागमा दुई दिन वर्षा र हिमपातको सम्भावना

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक १८, २०८२  | बिहान ८:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पश्चिमी वायुको सक्रियताका कारण आजदेखि दुई दिनसम्म नेपालको पश्चिमी भूभागमा वर्षा र हिमपात हुने मौसमविद्हरूले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका साथै देशका अधिकांश पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

बिज्ञापन

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

हाल देशभर पश्चिमी वायुको प्रभाव रहे पनि यसको असर गण्डकीभन्दा पूर्वका क्षेत्रहरूमा सीमित रहनेछ। मौसमविद् गोविन्द झाका अनुसार काठमाडौंमा फाट्टफुट्ट वर्षा हुन सक्ने भए पनि यसको सम्भावना न्यून छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka