Premier Cables
Premier Steel

विराटनगर

महेन्द्र मोरङ कलेजको सिम्याट परीक्षामा अनियमितता : फर्म नभरेका विद्यार्थी पनि ‘उत्तीर्ण’

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक १८, २०८२  | साँझ ४:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ कलेजमा सञ्चालन भएको सिम्याट परीक्षामा ठूलो अनियमितता भएको खुलासा भएको छ।

बिबिएम संकायका लागि आवेदन नै नदिएका विद्यार्थीको नाम समेत ‘उत्तीर्ण सूची’मा समावेश भएपछि कलेजको भर्ना प्रक्रियामाथि गम्भीर प्रश्न उठेका छन्।

बिज्ञापन

कलेजले हालै सार्वजनिक गरेको सिम्याट परीक्षाको बिबिएम तर्फको नतिजामा सिरियल नम्बर ७९ मा रहेकी नीभा अग्रवाल ५६.५० अंकसहित ‘उत्तीर्ण’ देखिएकी छन्। तर अर्को दिन नै प्रकाशित बिबिए बीबिए संकायको नतिजामा उनी पुनः सिरियल नम्बर ५० मा ७१.५० अंकसहित सफल भएकी देखिन्छिन्। अनुसन्धानका क्रममा अग्रवालले बिबिएम संकायमा आवेदन नै नदिएको कुरा कलेजकै स्रोतले पुष्टि गरेको छ।

यही विसङ्गतिले भर्ना प्रक्रियामा चलखेल भएको प्रमाणित गरेको अभिभावकहरूको आरोप छ। कलेजले पहिलो दिन उत्तीर्ण भएका विद्यार्थीहरूलाई दोश्रो दिनको नतिजामा ‘वेटिङ लिस्ट’मा सारेर नयाँ नामहरूलाई मेरिट लिस्टमा राख्ने चलखेल गरेको हो। यसरी मापदण्ड पूरा गरेर पास भएका विद्यार्थीहरू अन्यायमा परेका छन्।

चार अन्य विद्यार्थीलाई पनि ‘दाबी–विरोध’को प्रावधानको नाममा पहिलो सूचीबाट हटाएर दोस्रो सूचीमा नयाँ नामहरू राखिएको पाइएको छ। यस घटनापछि अभिभावकहरू र विद्यार्थीहरूले कलेज प्रशासनविरुद्ध कडा आपत्ति जनाउँदै पारदर्शी छानबिनको माग गरेका छन्।

सञ्चारकर्मीहरूले जब क्याम्पस प्रमुख रामवतार शरणसँग सोधपुछ गरे, उहाँ अनियमितताको बचाउ गर्दै “यदि केही गल्ती भएको छ भने छानबिन गरिन्छ” भन्दै पन्छिए। तर केहीबेरपछि सञ्चारकर्मीको थप प्रश्न सामना गर्न नसकी उनी कार्यालयबाट बाहिरिएका थिए।

पीडित विद्यार्थी र अभिभावकहरूले कात्तिक १७ गतेदेखि नै भर्ना प्रक्रिया रोक्न माग गर्दै आएका छन्। तर कलेजले कुनै निर्णय नगरी भर्ना प्रक्रिया निरन्तर अघि बढाइरहेको छ।

यो घटनाले कलेज प्रशासनमाथि पारदर्शिता र निष्पक्षताको गम्भीर प्रश्न उठाएको छ, र विद्यार्थी तथा अभिभावकहरू न्यायको प्रतीक्षामा छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka