Premier Cables

अर्थ विराटनगर

उद्योगमा काटिएको बिजुली तत्काल सुचारु गर्न उद्योग संगठन मोरङको माग

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक १६, २०८२  | बिहान १०:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । लामो समयदेखि विवादित रहेको डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विषयमा उत्पन्न विवादका कारण नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा आपूर्ति रोक्दा उत्पादन बन्द हुन पुगेको भन्दै मोरङ उद्योग संगठनले गम्भीर आपत्ति जनाएको छ।

संगठनले आइतबार जारी गरेको विज्ञप्तिमा विद्युत् कटौतीका कारण औद्योगिक उत्पादन ठप्प भएको र यसले निजी क्षेत्रप्रति नकारात्मक सन्देश दिएको उल्लेख गरिएको छ।

विज्ञापन

विज्ञप्तिमा भनिएको छ, “डेडिकेटेड र ट्रंकलाइन महसुलको विवाद लामो समयदेखि समाधानविहीन रहँदै आएको छ। सरकार परिवर्तनसँगै पटक–पटक विवाद बल्झँदा निजी क्षेत्रलाई नकारात्मक रूपमा चित्रित गर्ने प्रवृत्ति देखिएको छ, जसप्रति हाम्रो गम्भीर चासो छ।”

संगठनका अनुसार, उद्योगमा बिजुली काटिँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक प्रभाव परेको छ। साथै, उत्पादन बन्द हुँदा रोजगारी, राजस्व, बैंक ब्याज भुक्तानी र बजार सञ्जालमा समेत प्रतिकूल असर परेको छ।

मोरङ उद्योग संगठनले नेपाल विद्युत् प्राधिकरण, नेपाल सरकार र निजी क्षेत्रबीचको त्रिपक्षीय समन्वयमा तत्काल विवाद समाधान गरी उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु गर्न जोडदार माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “उद्योग–कलकारखाना बन्द हुँदा थप जटिलता सिर्जना हुन नदिन अहिले काटिएको विद्युत् आपूर्तिलाई अविलम्ब सञ्चालन गर्न आग्रह गर्दछौं।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka