Premier Cables
Premier Steel

राष्ट्रिय

सम्पत्ति विवरण बुझाउने समय थपियो

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २७, २०८३  | अपराह्न १:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण पेश गर्ने समयसीमा असार मसान्तसम्मका लागि थप गरेको छ।

आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीका अनुसार सम्पत्ति विवरण बुझाउनुपर्ने दायराभित्र रहेका पदाधिकारीहरूले सम्पत्तिसम्बन्धी विवरण संकलनको काम जारी रहेको तथा निर्धारित समय पर्याप्त नभएको जानकारी गराएपछि अन्तिम अवसरका रूपमा एक महिनाको म्याद थप गरिएको हो।

बिज्ञापन

अध्यक्ष भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्बन्धित व्यक्तिहरूबाट समय अभावका कारण म्याद थप गर्न बारम्बार अनुरोध प्राप्त भएकाले सोही आधारमा समयसीमा विस्तार गरिएको बताए।

उनका अनुसार जेनजी आन्दोलनका क्रममा केही सरकारी तथा निजी कार्यालयमा आगजनी भएका कारण पनि विवरण संकलन कार्य प्रभावित भएको हुन सक्ने अनुमान गरिएको छ। उनले थपिएको समयसीमा अन्तिम भएको स्पष्ट पार्दै अब पुनः म्याद नथपिने र सम्बन्धित सबैले असार मसान्तभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने बताए।

आयोगले हालसम्म तीन हजार पाँच सयभन्दा बढी व्यक्तिबाट सम्पत्ति विवरण प्राप्त गरिसकेको जनाएको छ। साथै, सम्पत्तिसम्बन्धी विषयमा ६० भन्दा बढी उजुरी पनि दर्ता भएको अध्यक्ष भण्डारीले जानकारी दिए।

यसअघि आयोगले जेठ मसान्तभित्र सम्पत्ति विवरण बुझाउन आग्रह गरेको थियो। सार्वजनिक पदमा रहेका, सेवा निवृत्त भएका वा पदबाट हटिसकेका व्यक्तिहरूले आफैँ, प्रतिनिधिमार्फत, हुलाक सेवा वा आयोगको इमेलमार्फत विवरण तथा उजुरी पेश गर्न सक्ने व्यवस्था गरिएको छ।

आयोगले २०४८ सालदेखि २०८३ सालसम्म कुनै पनि समयमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले पदीय दुरुपयोग गरी अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरेको आशंका भएमा त्यससम्बन्धी उजुरी दर्ता गरी छानबिन प्रक्रियामा सहयोग गर्न सबै सरोकारवालासँग अनुरोध गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa