Premier Cables
Premier Steel

राष्ट्रिय

रंगेलीको ऐतिहासिक पहिचान झल्काउने घण्टाघरबारे पूर्व मेयरको स्पष्टीकरण

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ १४, २०८३  | बिहान ११:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

रंगेली । मोरङको रंगेलीस्थित मुख्य चोकमा निर्माण गरिएको घण्टाघर र त्यसमा राखिएका सांस्कृतिक मूर्तिहरूलाई लिएर विभिन्न चर्चा भइरहेका बेला पूर्व मेयर दिलीप अग्रवालले यस विषयमा स्पष्टिकरण दिनुभएको छ।

उहाँले घण्टाघर निर्माणको उद्देश्य कुनै समुदायलाई विभेद गर्नु नभई रंगेलीको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई उजागर गर्नु रहेको बताउनुभएको हो।

बिज्ञापन

स्थानीय तहका अनुसार घण्टाघरमा राखिएका मूर्तिहरू विशेषगरी हिन्दु समुदायको महान पर्व होलीसँग जोडिएको सांस्कृतिक पृष्ठभूमिलाई आधार बनाएर निर्माण गरिएको हो। स्थानीय बुढापाका तथा इतिहास जानकारहरूका अनुसार विगतमा होली पर्वलाई “रंगोली” भनेर चिनिने गरिन्थ्यो र सोही शब्द अपभ्रंश हुँदै “रंगेली” नाम रहन गएको जनविश्वास रहेको छ।

घण्टाघरमा मुस्लिम समुदायसँग सम्बन्धित मूर्ति नराखिएको विषयमा केही स्थानीयले जिज्ञासा व्यक्त गरेपछि पूर्व मेयर अग्रवालले सबै समुदायप्रति सम्मान रहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “हामीले कुनै पनि धर्म वा समुदायलाई अवहेलना गर्ने सोच राखेका छैनौं। रंगेलीको ऐतिहासिक पहिचान र होली अर्थात् रंगोली संस्कृतिसँग जोडिएको इतिहासलाई झल्काउने प्रयास मात्र गरिएको हो।”

स्थानीयवासीहरूले पनि रंगेलीको सांस्कृतिक इतिहास संरक्षणसँगै धार्मिक सद्भाव, आपसी सम्मान र सहअस्तित्व कायम राख्नुपर्नेमा जोड दिएका छन्। बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक समुदायको बसोबास रहेको रंगेलीमा सबै समुदायबीच एकता र सद्भाव कायम रहनु आवश्यक रहेको स्थानीयहरूको भनाइ छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka