Premier Cables
Premier Steel

अर्थ

रंगेली नगरपालिकाको बजेट रु. ९६ करोड : पुस्तिकामै उल्लेख छैन् शीर्षगत बजेट विवरण !

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बुधबार, असार ११, २०८२  | अपराह्न १२:०७ बजे

रंगेली । मोरङको रंगेली नगरपालिकाले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न पुस्तिकामा बजेटका शीर्षगत अंक र रकम नै नखुलाई नगरसभामा पेपेश गरेको छ । मंगलबार उपमेयर भुमा पराजुलीले बजेट पेश गरेकी थिइन ।

पराजुलीले आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको ९६ करोड ४० लाख रुपैयाँको बजेट सार्वजनिक गरिन । बजेट पुस्तिकामा नयाँ उल्लेखित कार्यक्रमका लागि के कति बजेट विनियोजन गरिएको भन्ने उल्लेख छैन । नगरपालिकाले चालू आर्थिक वर्षमा गरिरहेका कामको विवरणको फेहरिस्त भने बजेटमा राखेको छ । तर, आगामी आर्थिक वर्षको कुल विनियोजन समेत बजेट पुस्तिकामा राखिएको छेन । बुधबार सम्पन्न बाह्रौँ नगरसभाबाट सर्वसम्मत पारित भएको छ ।

बिज्ञापन

नगर उपप्रमुख भूमा पराजुलीले नगरसभामा प्रस्तुत गरेको बजेट विवरणअनुसार चालु खर्चतर्फ ४८ करोड ८१ लाख रुपैयाँ, पूँजीगततर्फ २४ करोड ५९ लाख रुपैयाँ र सामाजिक सुरक्षा भत्तातर्फ २३ करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु खर्चमा रंगेली अस्पतालको व्यवस्थापन, किसानको सिँचाइ मिटर बिल भुक्तानी, सडक बत्तीको विल, अति विपन्नको निःशुल्क बीमा, शिक्षक, कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाको पारिश्रमिक जस्ता खर्च समावेश छन्।

विभागगत रूपमा हेर्दा आर्थिक विकासमा ४१ करोड १६ लाख रुपैयाँ, सामाजिक विकासमा १२ करोड २ लाख रुपैयाँ, पूर्वाधारमा २२ करोड १ लाख रुपैयाँ, उद्योग क्षेत्रमा २८ लाख रुपैयाँ बजेट छुट्याइएको छ। सञ्चार तथा सूचना प्रविधिमा ९७ लाख ५० हजार, सुशासनमा ७२ लाख, विपद् व्यवस्थापनमा ७० लाख र प्रशासनिक खर्चतर्फ ३१ करोड रु.पैयाँ विनियोजन गरिएको छ ।

नगरसभामा बजेटमाथि छलफलपछि सबै सदस्यको सहमतिमा पारित गरिएको हो । कार्यक्रममा उत्कृष्ट शिक्षक, कर्मचारी र सञ्चारकर्मीहरूलाई सम्मान समेत गरिएको थियो ।

बजेट पारित भएपछि मेयर दिलिप बगडीयाले चालु अवस्थाका बहुवर्षीय योजना, कृषि, शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर बजेट बनाइएको जानकारी दिए। “हामी योजनाका नाममा योजना हालेर होइन, अधुरा योजनालाई पूर्णता दिने उद्देश्यसहित अघि बढेका छौँ,“ उनले भने ।

स्थानीय तहमा कार्यान्वयन हुने बजेटका योजनाहरू प्रभावकारी रुपमा लागू गर्नुपर्ने चुनौती रहे पनि नगरपालिकाले यो वर्षका लागि व्यवहारिक प्राथमिकताहरूलाई केन्द्रमा राखेर बजेट सार्वजनिक गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka