रंगेली । रंगेलीका सकृय पत्रकार विशाल कुमार मण्डलमाथि कुटपिट भएको छ ।
मंगलबार साँझ रिपोर्टीङ गरेर फर्किने क्रममा स्थानीय मो. सिराजुद्धिनले कुटपिट गरेका हुन् ।
मोरङ क्षेत्र नम्बर २ को निर्वाचन कार्यालय सिजुवाबाट उम्मेदवारी दर्ताको विषयमा रिपोर्टीङ गरेर घर फर्किदै गर्दा रंगेली बजारमा बाटो छेकेर सिराजुद्धिनले अचानक गालीगलौज गर्दै कुटपिट गरेको पत्रकार मण्डलले बताए ।
उनले मदिराको नाशामा लठ्ठ रहेका सिराजुद्धिनले जथाभावी अपशब्द प्रयोग गरि गालीगलौज गर्दै आफुलाई कुटपिट गरेको बताए । कुटपिटबाट पत्रकार मण्डल घाइते भएका छन् । उनको शरिरका विभिन्न ठाउँमा चोट लागेको छ ।
पत्रकार मण्डल पूर्वी टाईम्सममा कार्यरत छन् भने प्रेस चौतारी नेपाल मोरङ कार्य समिति सदस्य समेत हुन् । उनले आफुमाथि कुटपिट गर्ने सिराजुद्धिनलाई कडा कारबाही गर्न माग गरेका छन् ।
पत्रकार मण्डललाई कुटपिट गर्ने सिराजुद्धिन पक्राउ परेका छन् । उनलाई तत्काल पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक नगेन्द्र कुमार बोगटीले जानकारी दिए ।
सिराजुद्धिन रंगेलीमा विवादास्पद व्यक्ति हुन् ।
उनी निरन्तर अपराधिक गतिविधिमा संलग्न हुँदै आएका व्यक्ति रहेको स्थानीयले बताएका छन् । सिराजुद्धिनले रंगेलीस्थित इलाका प्रशासन कार्यालय समेत जलाएका थिए ।
