Premier Cables
Premier Steel

समाचार

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ १०, २०८३  | बिहान ११:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

ताप्लेजुङ । अविरल वर्षापछि आएको बाढीले काबेली र इन्द्रावतीखोलामा क्षति पुर्‍याउँदा ताप्लेजुङ र पाँचथर क्षेत्रमा सञ्चालनमा रहेका चार वटा जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ । बाढीका कारण कुल ५५ मेगावाट विद्युत् उत्पादन ठप्प भएको हो ।

शुक्रबार राति आएको बाढीले आयोजनाका बाँध, इन्टेक तथा अन्य संरचनामा क्षति पुर्‍याएपछि उत्पादन रोकिएको अमरपुर सव–स्टेशनले जनाएको छ । यी आयोजनाबाट उत्पादित विद्युत् पाँचथरस्थित अमरपुर सव–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

बिज्ञापन

अरुण काबेली पावर लिमिटेड अन्तर्गत काबेली खोलाबाट उत्पादन हुँदै आएको २५ मेगावाट क्षमताको आयोजना तथा १० मेगावाट क्षमताको काबेली ‘बी–१’ क्यासकेट जलविद्युत् आयोजना बाढीका कारण बन्द भएका छन् ।

कम्पनीका कर्मचारी लेखराज न्यौपानेका अनुसार बाढीले आयोजनाको इन्टेकलगायतका संरचनामा क्षति पुर्‍याएको छ । काबेली बी–१ को बाँध क्षेत्रमा बाढीले बगाएर ल्याएको ढुंगामाटो, लेदो र काठ थुप्रिएपछि उत्पादन प्रणाली अवरुद्ध भएको उनले बताए ।

त्यसैगरी रिडी हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित ९.९ मेगावाट क्षमताको इँवाखोला जलविद्युत् आयोजना तथा इँवा हाइड्रोपावरले इन्द्रावतीखोलाबाट उत्पादन गर्दै आएको ९.७ मेगावाट क्षमताको आयोजना पनि बन्द भएका छन् ।

इँवा हाइड्रोपावरका कर्मचारी मौसम सेलिङका अनुसार बाढीले बाँधस्थल, इन्टेक, पाइपलाइन तथा विद्युत्गृह क्षेत्रमा क्षति पुर्‍याएको छ । क्षतिको विस्तृत विवरण संकलन तथा मर्मतको काम सुरु गरिएको जनाइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka