Premier Cables
Premier Steel

मौसम समाचार

भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु, २८ प्रहरी सम्पर्कविहीन

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १०, २०८३  | राती ८:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण हालसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीमा परी मृत्यु हुनेमा २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक तथा पहिचान नखुलेका २० जना रहेका छन्।

बिज्ञापन

प्रहरीका अनुसार रसुवामा एक पुरुषको शव फेला परेको छ। नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जनाको शव फेला परेको छ। धादिङमा ११ महिला, ५ पुरुष तथा पहिचान नखुलेका २ जनासहित १८ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।

त्यस्तै, गोरखामा एक महिला, ४ पुरुष, एक बालक तथा पहिचान नखुलेका १० जनाको शव फेला परेको छ। चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक तथा पहिचान नखुलेका ८ जनाको शव भेटिएको छ।
तनहुँमा ३ पुरुष, एक बालिका र एक बालक गरी ५ जनाको शव फेला परेको छ भने नवलपरासी पूर्वमा ८ पुरुष र ३ बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ।

बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ७ जना, वीरेन्द्र सैनिक छाउनी अस्पतालमा एक जना, रसुवा अस्पतालमा २१ जना, त्रिशूली अस्पतालमा १६ जना, नर्भिक अस्पतालमा ३ जना र ग्रीनसिटी अस्पतालमा एक जनाको उपचार भइरहेको छ।

बाढीपछि २८ जना प्रहरीसमेत सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार टिमुरेबाट १० जना, रसुवागढीबाट ८ जना, स्याफ्रुबेँसीबाट ३ जना, मैलुङबाट ५ जना तथा वेत्रावती र हाकुबाट एक–एक जना प्रहरी सम्पर्कविहीन छन्।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, घाइतेको उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन गरिएको छ। मृतक तथा बेपत्ताको संख्या थप बढ्न सक्ने भएकाले प्रहरीले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka